☰ open Loading... 14 April 2021|   बिहिबार, बैशाख २, २०७८

रारा तालको पर्यटन संभावना र चुनौतीहरु
  |

मुगु जिल्लाको रारा गा।वि।स। अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९०मी।९९८१० फिट० उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले पनि चिनिन्छ । १०।८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी। सम्म रहेको छ ।

vRVwrc2
यस तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरी यस क्षेत्रका १७२ घरधुरीलाई चिसापानीमा विस्थापित गरिएको थियो । मानिसहरुका कारण यो ताल पुरिदै जाने र पानी पनि दुषित हुने भएकोले तालको संरक्षणको लागि बस्ती नै सार्नु परेको बताइन्छ ।

यस क्षेत्रका मानिसहरुको मुख्य पेशा खेतीपाती गर्ने र बाख्रापालन गर्ने तथा जडीबुटी संकलन गर्ने भएकोले यी मानिसहरुको जिविकोपार्जन सम्बन्धी गतिविधिले गर्दा यो ताल पुरिदै जाने खतरालाई महशुस गरि यहाँका बासिन्दालाई विस्थापित गरिएको हो । तालको चारैतिरको जङ्गलमा परेको हिउँ पग्लेर यस तालमा आएर जम्मा हुने गर्दछ । यस तालको पानीको मुहान पनि आकासे पानी र हिउँ नै हो ।

यस क्षेत्रमा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बर देखि अक्टोबर र अप्रिल देखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बर देखि मार्च महिनासम्म १ मी।सम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । यस तालको पानी सफा देखिन्छ । सतहबाट १४ देखि १५ मी। सम्मको गहिराई देख्न सकिन्छ ।

यस तालको वरिपरी ठाकुर समुदायको बस्ती रहेको थियो । यस तालको पानीको सतह बढेर गमगढी क्षेत्रतिर बगेर धनजनको क्षति गर्ने सम्भावनालाई दृष्टिगत गरी ठाकुरबाबाले वाण हानेर खत्याड क्षेत्रतिर बगाई गमगढी क्षेत्रलाई जोगाएको जनविश्वास रहेको छ ।

वाण हान्नका लागि तयारी अवस्थामा रहेको प्रतिक झल्कने गरी एउटा ढुङ्गा पनि भेटिन्छ । त्यही स्थानबाट खत्याड खोलाको भागतिर ताललाई बाण हानेर फुटाली दिएकाले ठाकुरबाबालाई देवता मानेर पुजा गरिन्छ । त्यस ढुङ्गालाई सानो घर बनाएर मन्दिरको स्वरुप बनाएर संरक्षण गरिएको छ ।

सन् १९९७ —१९९८ मा ५६० जना पर्यटकले भ्रमण गरेको यस क्षेत्रमा सन् २००७ मा ८७ जनाले मात्र भ्रमण गरेको पाइन्छ । सन् २००७ मा नेपाल पर्यटन बोर्डले रारा महोत्सवको आयोजना गरेर यसको प्रबर्धन गर्ने प्रयास गरेको पाइन्छ ।

यस तालको पानीमा कमनकुट नाम गरेको हाँस जस्तै चरा पानीमा तैरिदै डुबुल्की मार्दै माछा टिप्दै खाएको हेरिरहु जस्तो लाग्छ । यस क्षेत्रमा १०७४ प्रजातिका विरुवा, ५१ प्रजातिका स्तनधारी र २१४ प्रजातिका चराहरु पाइन्छन ।

यस बाहेक हिउदको समयमा छिमेकी मुलुक चीन देखि अन्य प्रजातिका चराहरु प्नि बसाइ सरेर आउने र वर्षा लागेपछि चीनतर्फ नै फर्केर जाने गरेको निकुञ्ज संरक्षणका लागि बसेका श्री दुर्गा भञ्जन गुल्मका सैनिक बताउँछन ।

यस तालको संरक्षणको लागि श्री दुर्गा भञ्जन गुल्मले गरेको काम प्रशंसनीय भएता पनि पर्यटनलाई भने यसले टेवा पु¥याएको पाइदैन । तालमा डुङ्गा चलाउनकाहुन सक्ने संभावित भौतिक एवं मानवीय क्षतिमा आफै जिम्मेवार हुनेछु भन्ने व्यहोराको निवेदनमा रु १० को टिकट टाँसी पेश गरेपछि निकुञ्जका कर्मचारीले श्री भञ्जन गुल्मलाई सोही व्यहोराको पत्र बनाई पर्यटकको हातमा दिने गरिन्छ । उक्त व्यहोराको पत्र सो गुल्ममा दिएपछि गुल्मका जवानहरुले केही समयको लागि डुङ्गा चढ्ने सुविधा उपलब्ध गराउने नियम बनाइएको छ ।

यसरी भौतिक तथा मानवीय क्षतिमा आफै जिम्मेवार हुनेछु भन्ने व्यहोराको निबेदन लेखेर सोही व्यहोरको पत्र निकुञ्ज कर्मचारीले बनाउन लगाउने प्राबधान पर्यटकका लागि झण्झटिलो देखिन्छ । मध्यान्हको समयमा हावा चलेर समुद्रमा जस्तै छाल उत्पन्न हुने हुनाले उपयुक्त हुदैन । एउटा मात्र डुङ्गा त्यो पनि व्यवसायी रुपले नभई गुल्मको प्रयोजनको लागि मात्र राखिनुले पर्यटनलाई टेवा पु¥याएको देखिदैन ।

यसरी दिइने सुविधा पनि बाह्य पर्यटकलाई दिइएको छैन । बाह्य पर्यटकलाई डुङ्गा चढ्ने सुविधा नदिंदा उनीहरुले नकारात्मक प्रचार गर्छ भन्ने कुरालाई ध्यान दिनु जरुरी देखिन्छ ।

पर्यटकलाई सुविधा नदिनु भनेको खुट्टामा डोरीले बााधेर पछाडिबाट तानेर दौडन लगाए जस्तै भएको छ । रारा तालमा एउटा मात्र होटल त्यो पनि निकुञ्जको अधिनमा हुनु पनि पर्यटनका लागि अर्को व्यवधान देखिन्छ । ठूलो संख्यामा पर्यटकहरु गएर बस्ने सुविधा पनि छैन । बाह्य पर्यटकहरु टेण्ट राखेर बस्ने भएता पनि आन्तरिक पर्यटक हरुका लागि बासस्थानको लागि प्रयाप्त सुविधा भएको पाइदैन ।

तालको वरिपरि बाटो बनाएर साइकलमा चढेर घुम्ने सुविधा बनाएमा पर्यटनलाई यसले टेवा पु¥याउने देखिन्छ । घोडाको संख्या उल्लेख्य भएको यस जिल्लामा घोडा चढेर तालको वरिपरि घुम्ने सुविधा दिएमा पनि यसबाट पर्यटनलाई टेवा पुग्ने देखिन्छ । यस तालको पश्चिम तर्फ मुर्माटम हिमालबाट यस तालको सबैभाग एकैचोटी देख्न सकिन्छ ।

अग्लो चुचुरोमा दृष्य अवलोकन गर्ने टावर बनाएर रारा ताल र यसका चारैतिर आखाले भ्याएसम्म देख्न सकिन्छ । दुरबिनको मद्दतले झन धेरै टाढाका स्थानहरु द्येख्न सकिन्छ । यस भन्दा बाहेक यस ठाउँलाई ध्यान गर्ने स्थलको रुपमा विकास गर्ने सकेमा यसबाट पर्यटनलाई टेवा पुग्ने देखिन्छ ।

रारा तालमा पर्यटकको संख्यामा वृद्धि गर्ने हो भने वर्तमान व्यवस्थामा पुर्नविचार गर्नु जरुरी देखिन्छ । तालको संरक्षणको दृष्टिकोणबाट वर्तमान नियम सान्दर्भिक भएता पनि पर्यटनका लागि यो नियमले बाधा पु¥याएको छ । तालको पनि संरक्षण र पर्यटनका लागि पनि केही सुविधा थप गरी नियममा केही लचकता अपनाएर अगाडि बढेमा तालको पनि संरक्षण हुने र पर्यटनको पनि प्रबर्धन हुने देखिन्छ ।

रारा ताल र हिउँले ढाकिएको मुर्माटप पहाडको चुचुरो ठाकुर बाबाले यही ढुङ्गामा बसेर बाण हानेर राराको पानी खत्याड भागतिर ताल फुटाएर फालिएको विश्वास गरिन्छ ।

पहिलेको मुगु जिल्ला

मुगु जिल्ला २०१८ साल भन्दा अगाडी जुम्ला गौडा अन्तरगत थियो । जुम्ला गौडाले अहिले कर्णाली अञ्चलमा पर्ने हुम्ला, डोल्पा, मुगु र जुम्ला सबै जिल्लाको प्रशासन जुम्लाले हेर्ने गर्द्थियो । नेपाल लाई १४ अञ्चल र ७५ जिल्लाको प्रशासनिक क्षेत्र विभाजन गर्ने समयमा मुगुलाई छुट्टै जिल्ला बनाइएको हो ।

मुगु नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, कर्णाली अञ्चलको विकट, दुर्गम पहाडी जिल्ला हो । मुगमा कर्णाली नदी र हिमश्रृखला बाट उदगम भएका खोलानाला र झरनाहरु बग्ने गदैछन ।

नेपालको सबभन्दा ठूलो तालको परिचय पाएको राराताल पनि यहि जिल्लामा रहेको छ । राष्ट्रिय चरा डाफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो । आर्थिक सामाजिक तथा राजनैतिक विकासको दृिष्टकोणले अत्यन्तै पिछडिएको यस जिल्लाको प्रमुख आर्थिक क्रियाकलापमा कृषी, पशुपालन, घरेलु उद्योग र जडीवुटी प्रमुख रहेका छन ।

मुगु जिल्ला भौगोलिक विविधतासगै धार्मिक सांस्कृतिक तथा भेष भूषामा पनि विविधता भएको जिल्ला हो । सास्कृतिक तवरले हेर्ने हो भने जिल्लाकै कुनै ठाउमा भोटेसेलो छ भने, अर्को ठाउमा देउडा गीत ।

त्यसैगरी यस जिल्लामा असुरो देखि यार्चागुम्बा र सिसौ देखि देवदार जस्ता काठहरु पाइने हुनाले यहाको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाइन्छ । त्यसै गरी तराईको गर्मी हावापानी फल्ने आप, केरा, उखु, पहाडमा पाइने सुन्तला र हिमालमा पाइने स्याउ, नास्पाती जस्ता फलहरु प्नि मुगु जिल्लामा पाइन्छ ।

त्यसैगरी प्राकृतिक रुपमा पाइने बाबियो घास देखि बुकी फूल सम्म पनि मुगुको भूगोलमा देख्न सकिन्छ । यस जिल्लाको सदरमुकाम गमगढी बजार रारातालको उत्तर–पूर्वमा तथा कर्णाली नदीको किनारमा रहेको छ । गमगढी श्रीनगरगाविस मा पर्दछ र यसको उचाई समुद्री सतह देखि २,२६६ मिटरमा रहेको छ ।

मुगु जिल्लाको नाम विभिन्न भनाई रहेतापनि यस जिल्लाको उत्तरी भेगको पर्ने मुगु गाउको नामबाट यस जिल्लाका नाम मुगु रहन गएको हो । मुगु जिल्लाको २४ वटा गाउ विकास समिति लाई खत्याड भेग, शोरु भेग, गम भेग र करान भेग गरी चार भेगमा प्राकुतिक रुपले विभाजन भएको छ ।

नेपालकै ठूलो ताल रारा, जडिबुटीमा प्रख्याति पाएको यार्सागुम्बा, नेपालकै लामो नदी कर्णाली र धार्मिक दृिष्टकोणले विख्यात छायाानाथ यसै जिल्लामा पर्दछ । गमगढीमा वि।सं। २०२२ मा राराबाट सदरमुकाम सारिएको हो ।

यस जिल्लाको पूर्वमा डोल्पा र पश्चिममा बाजुरा जिल्ला पर्दछ । उत्तरमा हुम्ला र चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । मुगु जिल्लाको दक्षिण भागमा जुम्ला र कालिकोट जिल्ला पर्दछन् ।

तिब्बतसँगको नाकाको नाम नाक्चेलाग्ना हो । यस नाकाबाट नून, ऊन र अन्य अत्यावश्यक वस्तुहरु पैठारी हुन्छ भन्ने मुगुको स्थानीय उत्पादन निकासी समेत हुने गरेको छ । मुगुको पूर्वि भेकमा पर्ने मुगु गाविस र चिनको स्वशासित क्षेत्र तिब्बतसंग जोडिएको क्षेत्र नाक्चे लाग्नामा लाग्ने विस दिने हाट बजार प्रत्येक बर्षको श्रावण १२ गते बाट सुरुहुन्छ ।

स्थानीय प्रचलन अनुसार तिब्बतबाट चिनिया भाषामा लेखेको एउटा ढुंगा बोकेर हाट लाग्ने ठाउबाट तिब्बती मुगु गाउँमा मेला सुरुहुने दिन आएको सन्देश दिन आउने प्रचलन छ ।

तिब्बतीहरुको सन्देश आएपछि मुगु गाउँ मा व्यापारी सामानको मुल्यका बिषयमा छलफल गरि मुगु गाउँका ब्यापारीहरु तिब्वतको नाक्चे लाग्ना पुग्ने गर्दछन । प्रत्यक बर्ष श्रावर्ण १५ गते देखि २० दिन सम्मका लागि व्यापारी नाका खुल्ने गर्दछ ।

अहिले हाटवजार लाग्ने स्थानमा चिनले सत्तरी कोठे भवन निर्माण गरि ब्यापारीहरु लाई सुविधा प्रदान गरेको छ । बिषेश गरेर जिल्लाको पुर्वि भेकका पाच वटा गाविसका स्थानीयवासीहरु यो वेला घोडा, चौरी ,याक, झोपा लिएर तिब्बति वजारमा व्यापारी सामान सामान लिनजाने गर्दछन ।

उनिहरुको मुख्य पेशा व्यापार भएकाले जेठ असारमा संकलन गरिएको यार्सा विक्रि गर्ने र केहि नेपालमा बिक्रिहुने जुत्ता, घडि, रेडियो खरिद गर्ने गर्दछन । सिमा क्षेत्रका मुगु र डोल्फु गाविसका पाटन क्षेत्रमा यार्सा गुम्वा संकलनबाट प्रत्यक बर्ष आम्दानीको स्रोत बनेको छ ।

भारतिय सिमाक्षेत्र मा खुल्ला आवत–जावत गर्न तिब्बती सिमाक्षेत्रमा नभए पनि जिल्ला प्रशासन कार्यालयबाट सिमामा प्रबेश पास लिएर दैनिक उपभोग्य वस्तुलिनका लागी मुगालीहरु आउने जाने गर्दछन ।

मुगु जिल्लाको सदरमुकाम गमगढीबाट चीनको तिब्बत जोड्ने मोटरबाटो निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट तिब्बतको नाक्चेनाग्लासम्म ९० कि।मि।मोटरबाटो निर्माणका लागि जिविस बाट सर्भेको काम हुन लागेको छ ।

सदरमुकाम गमगढीबाट हिडेर लगभग तीन दिनमा पुगिने तिब्बतको व्यापारिक नाकासम्मको नाक्चेनाग्ला मोटरबाटो निर्माण हुन सके मुगुको विकास निर्माणमाम ठूलो परिवर्तन हुने देखिन्छ । नाक्चेनाग्ला मोटरबाटो निर्माण कार्यका लागि स्थानीय करान भेगका पाच वटा गाउ विकास समिति एकजुट हुन थालेका छन ।

मुगु जिल्लाको कुल भूभागमध्ये करिब ५५ भाग मात्र खेतीयोग्य जमिन रहेको छ । जसको कारण खाद्यान्न उत्पादनले केवल ३ महिना मात्र थेग्न सक्छ । बाकी ९ महिनाका लागि मुगुबासी नेपाल खाद्य संस्थानले ढुवानी अनुदान दिएको र विश्व खाद्य कार्यक्रम अन्तर्गतको वितरित चामलमा निर्भर हुनु पर्दछ ।

यस जिल्लाको करिब ३३५ भूभाग नाङगो डाडाको रुपमा फैलिएको छ भने बाकी भूभाग वन र चरन क्षेत्रले ढाकिएको छ । मोटर बाटोले नछोएको यो जिल्ला भौतिक विकासका दृिष्टकोणले निकै पछाडि परेको छ ।

गतबर्ष सुर्खेत–जुम्ला मोटर बाटो खुलेका कारण मुगालीहरुले जुम्लाको नाग्मा भन्ने स्थानमा आइपुगेपछि मोटर गुडेको देखेका थिए । नाग्मा आइपुग्न मुगालीहरु लाई सामान्य मानिसको पैदल हिडाइमा सदरमुकाम गमगढीबाट तिन दिन लाग्दछ ।

पछिल्लो समय कर्णाली राजमार्गमा पर्ने नाग्मादेखि मुगुको सदरमुकाम गमगढीसम्म जोड्ने ८५ कि।मी।को कच्ची सडक निर्माणको कार्य थालनी भएको छ । हाल मुगु जिल्ला पुग्ने एक मात्र यातायातको साधन हवाईजहाज हो । नेपालगन्ज र सुर्खेतबाट मुगुको ताल्चा विमानस्थलमा नियमित उडानले मुगुबासीहरु लाई केहि राहत दिएको छ ।

प्राकृतिक सम्पदामा धनी मुगुमा २५० भन्दा बढी जातका जडिबुटी पाइन्छ । यार्सागुम्बा, गुच्चीच्याउ, चिराइतो, जटामसी, सुतक, कट्की, सिलाजित, पाचऔले, डालेचुक, घुच्चीच्याउ, सुगन्धवाल, अतीस, विशजरा, भुल्ते, मुतकश, अमलवेद, पदमचाल, बोझो, लौठसल्ला, नीरमसी जस्ता जडिबुटीले मुगु सम्पन्न छ ।

खासगरी यहा धान, मकै, कोदो, चिनो, जौ, तोरी, स्याउ, केरा, आरु, ओखर, कागती, बदामको उत्पादन बढी हुने गर्दछ । यसैगरी तरकारीतर्फ काउली, बन्दा, मूला, रायोसाग, काक्रो, फर्सी, लौका र आलुमा यो जिल्ला आफ्नै उत्पादनमा आत्मनिर्भर हुने गर्दछ ।

मुगु जिल्लाको वनमा कस्तुरी, मृग, रतुवा, हिउा चितुवा, हिमाली भालु, घोरल, झारल, नाउर र बादेल पाइन्छ भने तिनै स्थानमा डाँफे, मुनाल, च्याखुरा, जुरेली, कालिज, ढुकुर र कोइलीले पनि बास गरेका छन् ।

मुगु जिल्लाको पर्यटकीय क्षेत्रमा राराताल, छायाानाथ क्षेत्र, चंखेली लेक जुन लेखको फोटा राष्ट्रबैकले एक रुपयाको नाटमा राखेको छ र मुर्माटप प्रख्यात मानिन्छ । जिल्लामा यातायातको साधन नगुडेपनि मुगुमा गमगढी, रातापानी, श्रीकोट र ताल्चा विमानस्थल क्षेत्रमा ब्यापारी केन्द्रको विकास भएको छ ।

रारा ताल मुगु जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य हो रारा ताल । यो प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक एवम् नेपालकै सबैभन्दा ठूलो ताल हो । यो समुन्द्र सतहबाट १० हजार फिटको उचाइमा अवस्थित छ ।

१० वर्ग किलोमिटरमा फैलिएको यो ताल स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । तालको वरिपरी घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहरु डुबुल्की मारेको दृष्यले राराको वातावरणनै भिन्न देखिन्छ । रारा ताल पुग्न नेपालगञ्ज तथा सुर्खेतबाट करीब आधा घण्टाको हवाईयात्रा गरी मुगुको ताल्चा विमानस्थल जानुपर्छ ।

ताल्चाबाट करीब २ घण्टाको पैदल यात्रापछि रारा पुगिन्छ । रारा राष्ट्रिय निकुञ्जभित्र रहेको यो ताल नेपालको नया पर्यटकीय गन्तव्यसमेत हो । यो ताल बाहिरबाट हेर्दा जत्रो देखिन्छ त्योभन्दा धेरै ठूलो आकारमा जमिनमुनि फैलिएको अनुमान छ ।

यस ताललाई प्रायः सबै स्वदेशी र विदेशी पर्यटकले स्वीजरल्याण्डको सुन्दरतासग दाज्ने प्रचलन रहेछ । ताल क्षेत्रमा रहेको सानो विमानस्थल हाल सञ्चालनमा छैन । यसर्थ ताल्चा विमानस्थलबाट करिब ४ र ५ घण्टा हिंडेर यो तालसम्म पुग्न सकिन्छ ।

जिल्ला सदरमुकाम गमगढीदेखि करिवन ९० कि।मि।दुरीमा रहेको दोल्फु गाविसमा छायानाथको मन्दिर रहेको छ । यो मन्दिर मुगु जिल्लाको धार्मीक पर्यटकिय स्थल पनि हो । छायानाथ रहेको गाविस चीनको तिब्बतसग सिमाना जोडिएको छ ।

छायानाथ रहेको दोल्फु समुन्द्री सतहदेखिी ६ हजार मिटरको उचाइमा छ । ऐतिहासिक र पर्यटकीय मनोरम दृश्यमात्र नभई छायानाथ क्षेत्र हिमशृंखला, जडीबुटी, यार्चागुम्बु, जैविक खानी र रेडपाण्डा लगायतका दुर्लभ वन्यजन्तुको बासस्थान पनि हो ।

स्वस्थानी ब्रत कथाका अनुसार सतीदेवीको सबै अंग पतन भइसकेपछि बाकी रहेका अंगहरुको पतन छायानाथमा भएको धार्मीक विस्वास गरिएको छ । छायानाथमा बर्षको एक पटक जनैपूणिमा बौद्ध धर्मावलम्बी र हिन्दूहरुले संयुक्तरुपमा पूजाआजा र मेला भर्ने गर्छन् । यो अवसरमा कर्णाली लगायत सुदूपश्चिम र भारतबाट समेत भक्तजन आउने गर्छन् ।

यो क्षेत्र डोल्पाको से–फोक्सुन्डो जाने पदमार्ग पनि भएकाले अन्य समयमा पनि पर्यटकहरु भने आइरहने गर्छन् । यस्तै, रारा ताल र घुच्ची हदै कान्जिरोवा हिमालसम्म जाने पदमार्ग यही भएकाले यसको महत्व भिन्नै रहेको छ ।

कालीकोट जिल्लाको नाग्मागाडबाट जुम्ला जिल्ला हुदै मुगु जिल्लाको गमगढी सम्मकोे ९३ किलोमिटर सडक निर्माण कार्य नेपाली सेनाले सुरु गरेको हो । यो सडक कालिकोट जिल्लाको करिव १३००० फिट उचाईमा पर्ने घुच्चीको लेकलाई छलेर ११५०० फिट उचाईबाट ताल्चा विमानस्थल हुंदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पुग्दछ ।

यस राजर्मागले नेपाली भाषाको उद्गमस्थल, ऐतिहासिक सिंजा उपत्यका र रारा ताल जस्तो पर्यटकिय महत्व बोकेको क्षेत्र तथा मुगु जिल्लाको सदरमुकाम गमगढीलाई राष्ट्रको यातायात संजालमा जोड्ने काम गरेको छ ।

जाडो बढ्दै गएपछि पूर्वी करान भेगका बासिन्दा धमाधम गाउ छाड्न थाल्दछन् । मुगु, पुलु, डोल्फु, चितै, कार्ती, दाउरा, रिउसलगायत गाउका अधिकांश बासिन्दा जाडो छल्न गाउ छाड्ने गर्दछन ।

डोल्फु गाविसको विकट करान र वाङरी गाउका अधिकाशं मानिसहरु जाडोछल्न मंंसिर महिनादेखिनै जुम्ला र तराईतिर जाने गर्दछन । करिब ५ महिनाका लागि पूरै गाउनै खाली भएकोझै लाग्छ मुगुको विकट गाउँहरुमा । वैशाख देखि जाडो कम हुदै गएपछि गाउँ फर्कने प्रचलन मुगालीहरुको छ ।

सुदुरपश्चिमको अन्य जिल्लामा जस्तै मुगु जिल्लामा पनि परम्परादेखि कुरीति र सस्कृतीका रुपमा कायम रहेको छाउपडी प्रथा चल्दै आएको छ । छाउपडी प्रथाले कैयौ महिलाहरुलाई परेको समस्या परेको हुन्छ ।

महिनावारीको समयमा घरभन्दा टाढाको गोठमा उनीहरुलाई दिनरात काट्न बाध्य पारिन्छ । स्याहार सुसार र सफासुग्गर बढी चाहिने समयमा त्यसको विपरीत महिलाहरुलाई छाउपडीमा राखिन्छ ।

त्यसरी राख्दा महिलाहरु विरामी पर्ने मात्र होइन, ज्यानै समेत जाने गरेको छ । पछिल्लो समयमा छाउपडी प्रथा उन्मूलन गर्न मुगु जिल्लामा सामाजिक संघ,सस्थाहरु एकजुट हुन थालेका छन ।

प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३     9:08:54 AM