☰ open Loading... 20 April 2024|  

कन्सल्टिङ्ग प्रा.लि. सञ्चालनमा
  | १ श्रावण २०७३, शनिबार ०९:३४

व्यवसायिक लेखापरिक्षण सम्वन्धि काम गर्ने उदेश्यले कन्सल्टिङ्ग प्रालि सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा प्याकुरेल एण्ड आचार्य कन्सल्टिङ्ग प्रालि विधिवत रुपमा शनिबारदेखि सञ्चालनमा आएको हो ।

opening
लेखा र करसम्बन्धि परामर्श दिने र व्यापारीहरुको व्यवसायिक फर्मको लेखा परिक्षण गर्ने ध्येय यो प्रालिको छ । साथै प्रालिले वीरेन्द्रनगर व्यापारीहरुका लागि बैंकबाट पाउने ऋणको परामर्श पनि दिइने प्याकुरेल एण्ड आचार्य कन्सल्टिङ्ग प्रालिका सिए तथा निर्देशक दिपक प्याकुरेलले जानकारी दिए ।

उनले अधिकाँश व्यापारीहरुलाई व्यवसायको लेखापरिक्षण गर्न नेपालगञ्ज जानु बाध्यताको झन्झट अन्त्य हुने विश्वास व्यक्त गरे । विकासका गतिविधि बढ्दै जानु र स्तरिय लेखा कसरी राख्ने तथा व्यवसायलाई सक्षम बनाउन आवश्यक परामर्श समेत दिईने दावी निर्देशक प्याकुरेलको छ ।

प्रालि उद्घाटन कार्यक्रममा बोल्दै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले व्यापारीक कारोबारको लेखापरिक्षण गर्न नेपालगञ्ज जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

अझै पनि कर कार्यालयले व्यापरीहरुलाई दुःख दिने गरेको भन्दै उनले प्रालि सुर्खेतमै स्थापना भएपछि स्पष्ट लेखा र आफ्नो कारोवार राख्नमा टेवा पुग्ने उल्लेख गरे । तर संघका अध्यक्ष अधिकारीले भने,–‘हामी कर तिर्न तयार छौं, समान्य त्रुटिमा पनि कर कार्यालयको आतंककारी शैलीको छापा हान्ने प्रवित्ती अन्त्य हुन आवश्यक छ ।’

बन्दुक तेर्साएर व्यापारीहरुलाई कर कार्यालयले दुःख दिने गरेको आरोप अधिकारीको छ । यता करदाता सेवा कार्यालय सुर्खेतका प्रतिनीधि श्रीराज गौतमले स्पष्ट लेखा राख्नमा प्रालिले सहयोग पु¥याउने अपेक्षा व्यक्त गरे ।

तर उनले व्यापारमा स्पष्ट लेखा हुन आवश्यक रहेको उल्लेख गरे । अधिकाँश व्यापारी लेखा परिक्षण गर्न नेपालगञ्ज जानु पर्ने र उतै कर बुझाउने गरेकाले प्रालिको स्थापना पश्चात सुर्खेतमै कर बुझाउनेका संख्यामा वृद्धि हुने उल्लेख गरे ।