☰ open Loading... 20 April 2024|  

माथिल्लो कर्णाली आयोजनाको ड्याम साईटमा विरोधीको कब्जा
  | १४ श्रावण २०७३, शुक्रबार १०:१९

पश्चिम नेपाल सम्वाददाता
डाव (दैलेख), १५ असार ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ड्याम साईट डाव र डावसंगै जोडिएको कर्णाली राजमार्ग छेउछाउमा रहेका ठुला ठुला ढुंगामा आयोजनाको विरोधीहरुले विरोधले शसक्त रुपमा भित्तेलेखन  कार्य गरेर कब्जामा लिएका छन् ।

यहाँ पुग्ने जो कोही पनि आयोजनाबारे लेखिएको विरोधी भित्ते लेखन पढ्दा आयोजना बन्ने भन्दा पनि नबन्ने आंशका मनमा लिएर फर्कन्छ । नजिकै माथिल्लो कर्णालीको सुरक्षाका लागि शसस्त्र प्रहरी बल भएपनि विरोधीहरुलाई कुनै प्रभाव गरेको छैन् । झट्ट यहाँ पुग्नेहरु भित्ते लेखन पढेर  विरोधीहरुकै वर्जश्व रहेको अनुमान समेत गर्दछ ।

विरोधीहरुले माथिल्लो कर्णाली आउनु पहिलेको बजार रामघाटदेखी नै भित्ताभित्ता, घरको पेटीदेखी कर्णाली राजमार्ग, राजमार्ग छेउमा रहेका ढृंगामा जिएमआर र आयोजनाविरोधी भित्ते लेखन कडा शब्दमा लेखेका छन् । उनीहरुले ठुला ठुला अक्षरमा स्वदेशी लगानीमा आयोजना बनाउनुपर्नेदेखी जिएमआर मुर्दावाद लेखेर कम्पनीको समेत चर्को विरोध गरेका छन् ।

त्यस्तै उनीहरुले राष्ट्रियतासंग माथिल्लो कर्णालीलाई जोडेर लेखेका छन् । विरोधी साना दलहरुले भित्ते लेखन मार्फत कडा रुपमा आफ्ना विरोधी गतिविधिहरु गरेका हुन् ।

upper-karnal
बहुचर्चित माथिल्लाे कर्णाली जल विद्युत निमार्ण स्थल ।

उनीहरुले आयोजनाको सुरक्षा दिईरहेको शसस्त्र प्रहरी बलकै छेउछाउमा समेत भित्तेलेखन गरेका छन् । तर, सुरक्षा बलले कुनै प्रतिकार गरेको छैन् ।

आयोजनाको स्थानीयबाट धेरै सहयोग हुँदाहुँदै पनि विरोधी दलहरुले आफ्ना गतिबिधिहरु बढाउनु आयोजनाकै कमजोरी रहेको डावका स्थानीय समाजसेवी चन्द्रबहादुर शाहीले बताए ।

आफुहरुले यहाँ हुने कुनै पनि विरोधी कार्यक्रम विथोल्न पछि हटेका छैनौ ।

शाहीले भने, उनीहरुले आयोजनाकै आसपास विरोधी भित्तेलेखन गर्नु आयोजनाकै  लागि चुनौती हो ।  विरोधी गतिविधिहरु भैरदा समेत जिएमआर कम्पनी चुप बस्नुले निर्माण अवधि लम्वाउने र नदि होल्डमा राख्ने योजना हुनुसक्ने आशंका समेत प्रभावित क्षेत्रमा गर्न थालेका छन् ।

छ्यापछयाप्ती माथिल्लो कर्णालीको विरोधमा कडा रुपमा भित्ते लेखन भईरहेको छ । रामघाटका स्थानीय जिवन थापाले भने, महिनादिन हुँदा समेत लेखन हटाउने चाल नै छैन् । यहाँ आउनेहरु भित्ते लेखन हेरेर विरोधीहरुको चलखेल बढी रैछ भन्दै फर्किन्छ ।

निर्माण प्रवर्धक जिएमआरका कर्मचारीहरु भित्ते लेखनले आफुहरुमाथि कडा शब्दहरु प्रहार गरिएको बताउँछन् । łसुरक्षामा खटिएका निकायबाट हटाउने प्रयास भएन् । नागरिकले सोधेको प्रश्नमा जिएमआरुका कर्मचारीले भने, लेखीएको हेर्दा हिनताबोध हुन्छ ।

उता सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरी बल डावका इचार्ज डिएसपी सरोज खड्काले आयोजना विरोधी भित्तेलेखन हटाउन कतैबाट पनि निर्देशन नआएको बताउँछन् । डाव आसपास बजार विस्तारसंगै जनघनत्व निकै बढेको छ ।

आसपास जग्गा जमिनहरु किनबेच गर्नेहरुदेखी आयोजना बन्ने ठाँउको भ्रमण गर्नेहरु दिनहँ घुईचो लाग्ने गर्दछ । कर्णाली जलविद्युत आयोजनाले सन २०१६ मा वितिय ब्यवस्थापन जुटाएर २०१७ देखी निर्माण थाल्नुपर्नेछ ।

स्रोतका अनुसार वितिय ब्यवस्थापन नजुटेका कारण विरोधी गतिविधि देखाएर निर्माण कार्य लम्वाउने जिएमआरको तयारी रहेको छ । आयोजनाबाट सुर्खेत, दैलेख र अछामका १२ गाविस प्रत्यक्ष प्रभावित हुनेछन् ।