☰ open Loading... 30 April 2024|  

कहिले बन्ला पुल ?
  | २५ असार २०७३, शनिबार ०३:२०

यो दृश्य पश्चिम सुर्खेतको गुटु–बिनिघाट सडक अन्तर्गत पर्ने बेतान र लगामको सीमानामा पर्ने सिमलखेत खोलाको पुलको हो । वीरेन्द्रनगर–डोटी जोड्ने चर्चित यो सडक खण्डमा काम चलाउ काठको पुलमा वर्षौदेखि पश्चिम सुर्खेतका नागरिकहरु जोखिमपूर्ण यात्रा गर्न बाँध्य छन् ।

lagam

तर जिल्ला विकास समिति, सडक कार्यालय, माननिय र जिल्ला स्थित राजनीतिक दल कानमा तेल हालेर बसेको आरोप यहाँका नागरिकहरुको छ ।

मालबहाक सवारी सधानबाट समान झार्ने र पुनः लोड गरेर लगामको धनराससम्म खाद्यन्न साग्री ढुवानी गर्नुपरेको स्थानीय बताउँछन् । पुल भत्केर खोलामा खस्ने अवस्थामा पुग्दासम्म पक्की पुल निर्माण गर्न कसैले चासो देखाएका छैनन् ।