☰ open Loading... 18 April 2024|  

वृद्धाको उद्धार, छोराबुहारीलाई उठबस
  | १५ श्रावण २०७३, शनिबार ०४:०४

नौ महिनासम्म कोखमा राखेर जन्म दिएको छोराबाट आमाले के आशा गर्ने ? धेरै बाबु–आमाले छोराबाट आत्मसन्तुष्टि चाहन्छन् । तर समाजमा केहि त्यस्ता सन्तान पनि जन्मिन्छन् जसले आफू सुविधासम्पन्न घरमा बसेर आमालाई जंगलमा लगेर अलपत्र छाडिदिन्छन् ।

salkot
यो कुनै नेपाली दन्त्यकथा होइन । कान्छा छोरा–बुहारीले जंगलमा लगेर छाडेका सुर्खेतकी एक वृद्धाको गाउँलेले उद्धार गरेका छन् र परिवारमा पुनःस्थापित गराएका छन् ।

साथै छोरा–बुहारीलाई सार्बजनिक स्थानमा सजायँ पनि दिएका छन् । सुर्खेतको पश्चिम साल्कोटकी ७२ वर्षीया बाटु अधिकारीलाई उनकै कान्छा छोरा–बुहारीले दुई महिना अघि छिमेकी गाविस पोखरीकाँडा–३ को जंगलमा रहेको ओढारमा लगेर छोडेका थिए ।

salkot2

बृद्धा जंगलमा रहेको जानकारी स्थानीयले दिएपछि सालकोट गाविसको विशेष पहलमा स्थानीयले उद्धार गरेका हुन् । आमालाई जंगलमा छाडेका कान्छा छोरा–बुहारीलाई गाउँले भेला भएर कान समातेर उठबस गराएका छन् र अबदेखि यस्तो कहिल्यै नगर्ने भनेर माफी माग्न लगाएका छन् ।

बाटु अधिकारीले जंगलबाट घरमा फर्किन पाएकोमा खुसी व्यक्त गरिन् । जंगलबाट उद्धार गरिएकी ७२ वर्षीया वृद्धालाई जेठा छोरा–बुहारीको जिम्मा लगाइएको सालकोट गाविसले जानकारी दिए ।