☰ open Loading... 19 April 2024|  

भारतीय सैन्य विमान दुर्घटना
  | १२ श्रावण २०७३, बुधबार ०८:१७

भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ ।

india

हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमानमा अन्य यात्रु भने थिएनन् ।

आईएएफले विमान दुर्घटनाबारे जानकारी लिन लगाएको भए पनि दुर्घटनाको पुष्टि गरिसकेको छैन ।

एक महिनाअघि पनि भारतीय वायुसेनाको एएन–३२ ले २९ सैनिक लिएर तामिलनाडूबाट उडिरहेको बेला दुर्घटनाग्रसत भएको थियो ।