☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

सुर्खेतमा बस दुर्घटना ३६ घाईते

  |

सुर्खेत, २७ साउन ।
वीरेन्द्रनगर नगरपालिका– ७ कपासे नजिकै  बिहीबार बिहान ११ बजे बस दुर्घटना हुदाँ ३६ जना घाइते भएका छन् । फिनिकाँडादेखी सुर्खेततर्फ आउँदै मध्यपश्चिम यातायातको ना २ ख ५५६९ नम्बरको बस दुर्घटना हुदाँ ३६ जना यात्रु घाइते भएका हुन् । घाइते पाँच यात्रुको अवस्था गम्भीर छ ।

p2
घाइतेहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पाल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हर्कबहादुर रावलले जानकारी दिए । उनका अनुसार चालकले तिव्र गतिमा बस चलाउँदा दुर्घटना भएको बताए ।

तिव्रगतिको बस मोडमा क्रस हुन नसक्दा दुर्घटना भएको प्रहरीको भनाई छ । बसमा कति यात्रु सवार थिए भन्ने एकिन संख्या थाहा नभएको प्रमुख रावलले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३     7:59:38 AM
error: Content is protected !!