☰ open Loading... 19 April 2024|  

अबको खेलमा म फिट हुन्छुस् पारस
  | २८ श्रावण २०७३, शुक्रबार १०:३९

काठमाडाैं, २९ साउन ।

नेदरल्यान्ड्सविरुद्व हुने विश्व क्रिकेट लिग च्याम्पियन्स लिगको खेलका लागि नेपालले बिहीबार नेदरल्यान्ड्स ‘ए’सँग अभ्यास खेल खेलेको थियो । वर्षाका कारण ६ पटक रोकिएको खेल अन्ततस् स्थगित नै भयो ।
pk
नेपालले शनिबार र सोमबार च्याम्पियनसिपको खेलमा प्रतिस्पर्धा गर्दैछ । बिहीबार सालान्डमा भएको नेदरल्यान्ड्स ‘ए’ सँगको अभ्यास खेलमा नेपाल ३१।४ ओभरमा ८८ रनमा अलआउट भएको थियो । विपक्षी टोलीले ५ ओभरमा १ विकेट गुमाई ११ रन बनाएको समयमा खेल स्थगित भयो ।

१० डिग्री चिसो, हावा र वर्षाले प्रभावित बीचमा खेलमा नेपालले नियमीत जस्तो विकेट गुमाइरहेको थियो । विशेष गरी नेदरल्यान्डका तीब्र बलरहरुका अगाडी नेपाली ब्याट्सम्यानलाई खेल्न हम्मे परेको थियो ।

नियमित कप्तान पारस खड्का टेनिस एल्बो र भेट्रान शक्ति गौचन पेटको समस्याका कारण खेलमा थिएनन् । प्रशिक्षक जगत टमाटाले घुमाउरो हिसाबमा पारसलाई आराम गर्न दिएको बताए पनि पारसले शनिबारसम्म फिट भइसक्ने बताए । नेदरल्यान्ड्ससँग हुने च्याम्पियनसिपको खेल र बिहीबारको अभ्यासको खेलको बारेमा पारसले आफु फिट हुने बताएका हुन् ।