☰ open Loading... 20 May 2024|  

नयाँशक्तिको औचित्य र आवश्यकता
  | २९ श्रावण २०७३, शनिबार ०९:३७

२०७२ असोज ३ गते नेपालमा पहिलो पटक संबिधान सभाबाट संबिधान जारी भएको छ । संबिधान जारी संगै गणतन्त्र संस्थागत भएको छ। । जनता राजनैतिक अधिकारका हिसाबले अधिकार सम्पन्न भएका छन् । राजनीतिको यो मोडसम्म आईपुग्दा राजनैतीक वृतमा कायम रहेका सबै प्रकारका आशंका मेटीएका छन् ।
parchand-pokhrel
राजनितिको नयाँ अध्यायमा विधिवत ढंगले प्रवेश गरेसँगै हाम्रा सामु अवसरसंगै थुप्रै चुनैति पनि थपिएका छन् । किनभने हामी आजको मितिसम्म राजनैतिक तरलतालाई बाहाना बनाएर आफ्नो जिम्मेवारीवाट पंछिरहेका थियौँ ।

२०६२ ÷६३ को ऐतिहासीक जनआन्दोलनको सफलतासंगै सामन्ती व्यवस्थाको मतियार राजतन्त्रको अवसान भैसकेको अबस्था थियो । अझ संबिधान सभाको गठनसंगै पहिलो वैठकबाट राजतन्त्रको अन्त्यको घोषणा समेत भईसकेको अबस्थाबाट हामी गुज्री रहेको सबैलाई विदितै छ ।

यो यथार्थका विचबाट नेपालले राजनिति अगाडी लम्की रहेको जान्दाजान्दै पनि विधिवत ढंगवाट संविधान जारी नहुँदा वा संविधान संस्थागत नहुँदासम्म हामी केही हदसम्म अलमलमा नै थियौं । तर अब कुनै बाहाना बनाएर देश र जनता प्रतिको दायित्वबाट उम्कने अवस्था कतै भेटीन्न र खोज्नु पनि हुँदैन । राजनैतिक अधिकारको आन्दोलनको औचित्य सकिसकेको अबस्थामा अबको हाम्रो उद्धेश्य के हुने आज बहस यहि निर आएर अडिएको छ ।

सम्भवत अबको लक्ष्य भनेको राजनैतिक रुपमा प्राप्त अधिकारलाई संमबृद्ध बनाउन आर्थिक संमृद्धिको बाटो नै एक मात्र लक्ष्य उद्धेश्य हो । र यसैलाई मुख्य एजेन्डा बनाउनु पनि पर्छ । आर्थिक विकास विना राजनैतिक रुपमा प्राप्त अधिकारहरु लंगडा सरह नै हुन्छन् । संबिधानमा सुनिश्चित अधिकार प्राप्त गर्न देशलाई आर्थीक बिकासतिर लैजान निःशर्त जुट्नु पर्छ ।

जनताको संमृद्धिको चाहना पुरा गर्न के पुरानो बाटो वा पुरनै  शक्तिबाट संम्भव छ रु निसन्धेय पुराना शक्तीबाट संम्भव छैन किनभने हिजो गठनभएका राजनैतिक पार्टीहरुको गठन सामान्ती बेवस्था भत्काउनका लागी गरीएको थियो ।

राजनैतिक अधिकार प्राप्त गर्ने हेतुले गरीएको थियो । तत् उदेश्य प्राप्त गर्न राजनैतिक दलका संगठनहरु त्यही प्रकारले फ्रमेसन गरिएको थियो । त्यही प्रकारका योजनाहरु बनाईयो, नीति तथा राजनैतिक कामहरु पनि त्यही प्रकारले तय गरीएको थियो । तर राजनितिको एउटा अध्याय समाप्त गरेर अर्को अध्यायमा प्रवेशगरी सकेपछीको अवस्थामा अब नयाँ योजना, नयाँ संगठन, नयाँ निति, कार्यक्रमको अपरिहार्यतालाई अस्वीकार गरेर जान सकिन्छ र रु राजनितिको एउटा कोर्ष हामीले पुरागरेका छौँसंगै हामी नयाँ कोर्ष सुरु गर्ने प्रारम्भिक बाटोमा उभिएका छौँ ।

राजनैतिकको नयाँ कोर्षलाई पुरा गर्ने चुनौति हाम्रा सामु उभिएको छ जसलाई पुरा गर्न हामी एउटा नयाँ वहसमा छौँ जुन वहसको सान्दर्भिकता अकाट्य छ । मलाई लाग्दैन कि कसैले यो बहसलाई न त रोक्न सक्छन न त छेक्न नै । किनभने जनता आफुले प्राप्त गरेका संवैधानिक अधिकारलाई कार्यन्वयन भएको देख्न चाहन्छन । प्राप्त अधिकारमा टेकेर जीवन समृद्ध  भएको देख्न चाहान्छन । सबै प्रकारका गरिवी, अभाव अन्ययबाट मुक्त हुन चाहन्छन ।

२०६२÷०६३ को आन्दोलनको सफलता पछि यो या त्यो वाहानाका दलहरु भाग्ने कोशिष गरे पनि त्यो ऐतिहासिक आन्दोलनको सफलतासंगै आफुलाई परिवर्तनकारी भन्ने शक्तिको नेतृत्वमा नै राज्य व्यवस्था चलिरहेको छ । तर पनि यो एक दशकको दर्मियनमा जनतालाई चित्त बुझ्दो सेवा प्रवाह गरीरहेको देखिरहेका छैनौ । सर्वत्र भ्रष्टाचार व्याप्त छ । कमिसन र घुस तस्केरीले छोपेको छ । कुशासनले देश आक्रान्त छ ।

दलाली अर्थतन्त्रले अर्थतान्त्र तहस नहस पारेको छ । परर्निर्भता, व्यापार घाटा, आयत दिन दुई गुणा र रात चार गुणाको गति तिब्र रुपमा बढी रहेको छ । उत्पादकत्व घट्दै गैरहेको छ । हाम्रो खेतबारी बाँझा छन । व्यापार घाटा आकाशीदो छ । बेरोजगारी एउटा ठुलो समस्या बनेर तेस्रीएको छ । आज करिब चालीस लाख यूवाहरु विदेशीएका छन् ।

स्वदेशी स्रोतसाधनको लिलामी भैइरहेको छ । स्वदेशी उद्योगधन्दाहरु सुकिरहेका छन् । ऊर्जा संकट् व्याप्त छ । मान्छेहरु अँध्यारोमै बाँच्न बाध्य छन । राजनैतिक अस्थिरताको फाइदा उठाउदै विदेशी शक्ति केन्द्रको चलखेल बढी रहेको छ । राष्ट्रियता संकटमा छ । जनताको राजनितीप्रतिको विश्वास खस्कीएर गएको छ । यो विकराल अवस्थाबाट गुज्रीरहेका हामी के पुरानै मूल्य मान्यताको विचबाट निकास पाउन संभव होला र रु

राजनितीका ती मक्कीएका पुरानै र विचार, नीति र कार्यक्रम बाट सम्भव छ रु हिजोकै मक्कीएको भ्रष्ट संगठनबाट परिवर्तन सम्भव छ । हिजोकै राजनीतिक संस्कारको विचबाट यी यावत समस्याबाट राष्ट्रलाई मुक्त बनाउन सम्भव छ ।

राजनीतिको मुल प्रवाहलाई शुद्धनगरी जनताको नयाँ नेपालको सपना पुरा गर्न सकिन्न त्यसैले सबैभन्दा पहिले एक पटक आत्मसमिक्षा गरौँ । पुराना शक्ति भित्रको कुहिएको राजनैतिक कुसंस्कारलाई शुद्ध ढंगले विश्लेषण गरि अध्ययन गरौँ, एउटा निचोडमा पक्कै पनि पुगिन्छ । राजनैतीको यो घिनलाग्दो अवस्थाका बिचमा केहि व्याक्तिहरुले व्यक्तिगत स्वार्थहरु पुरा गर्न सक्लान अझ कोहि कोहिको निहित श्वार्थ पनि पुरा होला तर आम मानिसहरुकोे सामुहिक हितलाई यदि केन्द्रकमा राखेर आमस्वार्थ पुरा गर्ने हो भने  एकचोटी आत्मसमिक्षा जरुरी छ ।

एक पटक छातिमा हात राखेर हाम्रा सन्ततीको बारेमा साचौँ । के अहिलेको निहित स्वार्थमा चुर्लुम्म डुबेका शक्तिबाट हाम्रा भावी सन्ततीको भविश्य उज्जवल छ वा अर्थिक  समृद्धी सम्भव होला । यिनिहरुका काम गर्ने पुरानै योजना, सोच विचारबाट, नयाँ नेपाल बन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ रु यिनिहरुका भ्रष्ट आचार र विचारबाट सुशासनको काल्पना गर्न सकिन्छ रु उच्च नैतिक अचार विना संमृद्धीको बााटो तय हुन सक्दैन ।

भ्रष्टाचारको मलजल सवैभन्दा माथिल्लो तहबाट भैरहेको छ । राजनितिलाई सेवामुखी भन्दा व्यापारमखी बनाइरहेको तितो यथार्थ कसैबाट छिपेको छैन । केही पछिल्ला अभ्यासलाई हे¥यो भने प्रस्ट हुन्छ । कही करोडौंमा संसदहरु किनबेच गरिन्छ । राष्ट्रका ठुलाठुला डिम पोजेक्टहरुलाई निहित स्वर्थकालागी विदेशिको जिम्मा लागाइएको छ । भुकम्पले निम्त्याएको महा विपत्ति समयमा जनताको घाउमा लगाउने मलम पट्टीमा समेत आखा लगाएको विडम्बना छ यो ।

जनता खुल्ला आकाशमुनी भैरहेको बेला पाता वेचेर खाने काम जिम्मेवार मन्त्रीबाट गरीयो । भारतले गरेको नाकाबन्दीबाट सास्ती खेपीरहेका जनतालाई कालो बजारीको रसीले गला रेटीयो । गणतन्त्रबाट एउटा ठुलो राहातको पर्खाइमा  बसेका जनतालाई नाकाबन्दीको पिडा दिएर जीउदै मार्ने काम समेत भयो ।

अझ कालो बजारीलाई प्रोत्सान गर्न विद्यमान ऐनको दश वर्षे कैदको व्यवस्थालाई उल्टाएर एक वर्षमा झार्ने जनविरोधि काम समेत भयो । यि र यस्ता प्रकारका बिकृति जन्य  कामहरुले पुराना शक्ति ९काँग्रेस, एमाले, एमाओबादी लगायत सत्ताधारी पाटीहरु० को नियत प्रदाफास गरेको छ ।

यिनिहरुले विश्वास भन्ने चिज बाँकी नै राखेका छैनन । खाली फगत केहि आसेपासे र लोभि पापीहरुको निहित स्वार्थलाई पुरा गरेर जनताको नाम भजाइरहेका छन । तर वास्तवमा जनताको भावनाको यो भन्दाबढी मजाक के हुन सक्छ र रु अझ यिनै शक्तिहरुलाई विश्वास गर्नु भनेको दुधको साचि विरालोलाई बनाउनु जस्तै भएन र ।

त्यसैले हामीले एक पटक गम्भीर भएर सोचौं । हाम्रो देशको सुनौलो भविश्यको लागि सहिद व्यपत्ता घाईते, अपाङ्ग लगायत आम जनसमुदायको नयाँ नेपालको सपना पुरागर्न नयाँ योजना, नयाँ संगठन, नयाँ विचार,नयाँ संकल्प गरौं । त्यो संकल्प भनेको समतामुलक संमृद्धि हो । समुन्नत समाजबाद  हो ।

समाबेसी आधारमा शक्तिमा सबैले पहुच कायम गर्दै सुशासन र सदाचार युक्त शासन व्यवस्था अबको लक्ष्य हुनुपर्छ । आर्थिक सम्वृद्धी प्रगतीले नै हामीलाई स्वाधीन बनाउछ ।  अर्थतन्त्र परनिर्भर भए हाम्रो देश नेपाल  स्वाधिन हुन सक्दैन , हामी सम्वृद्ध भयौ भने मात्र स्वाधिन हुन्छौँ  र स्वाधिन भयौँ भने मात्र राष्ट्रियता बलियो हुन्छ । राष्ट्रियताका चर्का नाराले राष्ट्रियता बलियो हुन सक्दैन ।

हाम्रो इतिहास साँछी छ, भिमसेन जस्ता चर्का राष्ट्रवादी प्रधानमन्त्रीका कारण असमान सुघौलीको सन्धी गर्नु परेको विडम्बनापुर्ण इतिहासले बताउछ ।  तर ठुलो राष्ट्र बेलायतसंग कुटनैतिक पहल लिएर जंगबाहादुरले नयाँ मुलुक फिर्ता गरेका थिए ।

आज पनि केहि राजनैतिक दल र तिनका नेताहरु चर्का राष्ट्रियताका कुरा गरेर हाम्रो देश नेपाललाई एउटा संकटमा धकेलीरहेका छन् । एउटा मुडभेढतिर धकेलीरहेका छन् । भुकम्पको  चपेटाबाट आक्रान्त भएको देशलाई थप नाकाबन्दी तिर धकेलेर देशलाई थप विपत् र संकटमा पारेको कसैबाट छिपेको छैन् ।

त्यसैले पुराना शक्तिबाट निकाश ननिस्कने निश्चित हो भने नयाँ शक्तिको आगमनलाई कस्ले रोक्ने रु पुराना शक्तिहरु जनताको गरीबी र अभावबाट वेखबर हुने हुन भने नयाँ शक्तिको आवश्यकतालाई कति दिन थेग्ने ।

अब नयाँ शक्तिलाई तँगारो हालेर, रोकेर रोक्न सकिदैन् । नयाँ शक्ति आजको समयको आवश्यकता हो । त्यसैले अव नयाँ नेपालको सपना पुरा गर्न नयाँ सोचविचार योजनाका साथै नयाँ नीति कार्यक्रमसहितको संगठन निर्माणमा सहभागी बन्नै पर्छ ।

भ्रष्टाचारयुक्त राजनीतिको अन्त्यको लागी सदाचारयुक्त आर्थिक पारदरर्शीतासहितको आर्थिक गतिबिधिलाई आत्मासाथ गर्दै अगाडी बढौँ । स्वदेशी स्रोत साधनको प्रचुर प्रयोग गदै उद्योगधन्दा व्यापार व्यवसायहरु स्थापना गरौँ । देशलाई आर्थिक रुपमा सफल बनाऔँ । यसले राष्ट्रियता पनि मजबुत बनाउँछ ।

धन्यबाद
(लेखक नयाँ शक्ति नेपाल वीरेन्द्रनगर नगरका तदर्थ संयोजक हुन् ।)