☰ open Loading... 17 May 2024|  

फेसबुकमा ४५ भाषामा
  | २९ श्रावण २०७३, शनिबार १०:१३

सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले अब छिट्टै ४५ भाषामा लेख्न सक्ने भएका छन् ।  फेसबुकले एउटा यस्तो सफ्टवेयर विकास गरिरहेको छ, जसले फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्ट विभिन्न भाषामा अनुवाद गर्न सक्नेछन् ।
facebook
यो सफ्टवेयरले तपाईँको पोष्ट कुनै पनि ब्यक्तिले पढ्न चाहेमा उक्त भाषामा पढ्न पाउने गराइदिनेछ । यसका लागि तपाईँले गरेको पोष्ट लेखेपछि फेसबुकमा उल्लेख भएको भाषामा गई भाषा छनोट गर्न सक्नु हुन्छ ।

उक्त ४५ भाषाको लिष्टमा फ्रेन्च भाषादेखि फिलिपिनो तथा लिथुआनिया भाषासमेत सामेल छ । फेसबुकले यो नयाँ फिचरलाई हाल एक सानो ग्रुपको रुपमा परीक्षण गरेको छ ।

फेसबुकका अनुसार अहिलेसम्म यो फिचरको प्रयोग ५ हजार फेसबुक पेजद्वारा प्रयोग गरिएको छ । ती फेसबुक पेज ब्यवसायिक रहेका थिए । छिट्टै नै यस फिचरलाई दोस्रो प्रयोगकर्ताको लागि शुरु गर्न लागिएको जनाइएको छ ।