☰ open Loading... 1 May 2024|  

लामखुट्टे भगाउने टीभी बजारमा
  | २९ श्रावण २०७३, शनिबार १०:१७

एलजीले लामखुट्टे भगाउने टीभी विश्व बजारमा ल्याएको छ। उक्त टीभीलाई  उसले मस्क्विटो अवे टीभी ९ःयकत्रगष्तय ब्धबथ त्ख् ०नाम दिएको छ।
यो टीभीको मूल्य ४३ हजार रुपैयाँदेखि सुरु हुन्छ भने ७६ हजार सम्म छ। यसमा इन्टरनेट कनेक्ट गर्ने वित्तिक्कै लामखुट्टे भग्ने एलजीले जनाएको छ ।  साथै यसमा टीभी पनि सजिलै हेर्न सकिन्छ।

LG_Mosquito-Away-TV
कम्पनीका अनुसार यो लामखुट्टे भगाउने टीभी अल्ट्रा सोनिक डिभाइस लगाइएको छ जसले सक्रिय गर्ने बित्तिक्कै लामखुट्टेलाई सजिलै धपाउन सकिन्छ। यसले कुनै हानिकारक रेडिएशन निकाल्ने छैन् बरु यसको तरङगको माध्यमबाट सबै लामखुट्टे बाहिर जाने कम्पनीले दाबी गरेको छ।

ककम्पनीले एक महत्वपूर्ण विवरण पशे गर्दै भनेको छ की यो टेक्नीकमा कुनै पनि केमिकल वा टोक्सिस प्रयोग गरिएको छैन। यसमा कुनै रिफलको आवश्यकता वा मर्मतको जरुरी समेत नपर्ने कम्पनीले जनाएको छ।

यसको अर्को विशेषता भनेको स्मार्ट टीभीकै ब्राण्ड शोरुममा उपलब्ध गराउने कम्पनीले जनाएको छ। यसको ८० सेन्टिमिटरको टीभीलाई  ४३ हजार पर्न आउँछ भने १०८ सेन्टीमिटरको टीभीलाई करीब ७६ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

कम्पनीले यो सबै ग्लोबल अर्गनाइजेशनको मूल्य र मान्यतालाई कायम राख्दै बनाएको जानकारी दिएको छ। यसलाई इन्टरनेशन बायो टेक्नोलोजी एन्ड ट्याक्सीलोजीमा समेत परीक्षण गरिएको छ।