☰ open Loading... 20 April 2024|  

‘माइक्रो इण्डष्ट्रियल भिलेज निर्माण हुने
  | २४ श्रावण २०७३, सोमबार ०८:०७

नेपालमै पहिलो पटक सुर्खेतबाट ‘माइक्रो इण्डष्ट्रिज भिलेजु निर्माणको कार्य अघि बढाईएको छ । यसै वर्षदेखि ‘माइक्रो इण्डष्ट्रिज भिलेजु निर्माण कार्य शुरु गर्न सरकारले पहिलो किस्तामा तीन करोड रकम पठाएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय, सुर्खेतले जनाएको छ ।

सरकारी तथा निजी साझेदारी (पब्लिक–प्राईवेट पार्टनरशीप) मा निर्माण गर्न लागिएको ‘माइक्रो इण्डष्ट्रिज भिलेजु नेपालमै यो पहिलो हो । घरेलु तथा साना उद्योग सुर्खेतका निर्देशक विनोददेव पन्तले माइक्रो इण्डष्ट्रिज भिलेजमा सुविधासम्पन्न भूकम्पप्रतिरोधी एक सय ८ वटा उद्योगका लागि भवन निर्माण प्रक्रिया शुरु भएको जनाए ।

villgae

उनले माइक्रो इण्डष्ट्रिज भिलेजमा हर्वल व्लक, मिनरल, परम्परा उद्योग, उत्पादनमूलक उद्योग र कृषि उद्यम निर्माण गरिने बताए ।

उनका अनुसार साढे तीन विगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको भिलेजमा व्यवसायिक अनुसन्धान केन्द्र, मेडिकल केयर, डे केयर सेन्टर, प्लेग्राउण्ड, एउटा पाँच सय जना अट्ने हल तथा पाँच वटा काँमन फ्यासीलिटि सेन्टर रहने छन् ।

‘सरकारले यस वर्ष डिपिआरका लागि १७ करोड ४० लाख रुपैयाँ छुट्टाईएको छ,’ निर्देशक पन्तले भने, ‘तत्काल काम शुरु गर्न तीन करोड रुपैयाँ आएको छ, अब केही दिन मै टेण्डर प्रक्रियबाट निर्माण कार्य शुरु हुन्छ ।’ उनका अनुसार लघु उद्यमीले उत्पादन गरेका घरेलु वस्तुको उत्पादन तथा सहज विक्रीवितरणका लागि साना उद्योग गाउँ (माइक्रो इण्डष्ट्रियल भिलेज) निर्माण गरिने भएको छ ।

जिल्लाका उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सघाउन यस्तो योजना ल्याएको हो । जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड) इन्क्लुडसँगको सहकार्यमा ‘माइक्रो इण्डष्ट्रियल भिलेजु निर्माणको योजना अगाडि बढाइएको निर्देशक पन्तले जानकारी दिए । उनका अनुसार जीआईजेडले नै विस्तृत प्रतिवेदन निर्माणका गरिदिएको हो ।

‘आयोजना शुरु भएको २ वर्षभित्रमा निर्माण कार्य सम्पन्न हुनेछ,’ उनले भने, ‘यसका लागि करिब २० करोड रुपैयाँ जति लाग्ने अनुमान छ ।ु समितिको सुर्खेतस्थित साढे तीन बिगाहा क्षेत्रफल जग्गालाई उपयोग गरी भिलेज निर्माण गरिनेछ । योजना अनुसार भिलेजको चारैतर्फ विभिन्न घर निर्माण गरिनेछन् ।

ती घरका बाहिरतर्फ सटर राखेर विक्री कक्ष राखिनेछ भने भित्री कोठाहरुमा उत्पादन कक्षहरु बनाइने योजना रहेको पन्तले बताए । भिलेज निर्माण पश्चात् लघु उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पुग्ने उनले जनाए ।

जिल्लाका बेरोजगार युवालाई भिलेजले रोजगारी प्रदान गर्ने अपेक्षा रहेको उनको भनाइ छ । त्यस्ता युवाले भिलेजका सटर भाडामा लिएर साना व्यवसाय सञ्चालन गर्न सक्ने उनले बताए ।

के हो ‘माइक्रो इण्डष्ट्रिज भिलेज ?

शहरमा कम पूँजी तथा जग्गा नभएका केही नयाँ गर्न चाहने लघु उद्यमीहरुका लागि सहुलियत भाडादरमा व्यवसाय सञ्चालन गरिने लघु औद्योगिक ग्रामलाई ‘माइक्रो इण्डष्ट्रिज भिलेजु भनिन्छ ।

सडक, विजुली, पानी, यातायात तथा पार्किङ्क सुविधा सहितको आधुनिक भूकम्पप्रतिराधी भवनमा विपन्न तथा सीमान्तकृत वर्गका व्यवसायीले यस्ता ग्राममा आफ्नो व्यवसाय सजिलै सञ्चालन गर्न सक्नेछन् । सरकारी तथा निजी साझेदारी मोड्लबाट सञ्चालन गर्न लागिएको लघु औद्योगिक ग्राममा उपभोक्तालाई एकीकृत सेवा प्रवाह गरिने छ ।