☰ open Loading... 25 April 2024|  

धमाधम हुँदै काँक्रेविहारकाे पुनर्निर्माण
  | ३० श्रावण २०७३, आईतवार ०९:०३

लामो अन्तरालपछि नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण तिब्रता लिएको छ । पुरातत्व विभागले काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि काँक्रेविहारको पुननिर्माण तिब्र लिएको हो ।

बहुवर्षिय योजना अन्तरगर्त पुनर्निर्माण शुरु भएको काँक्रेविहारको कुल बजेट ९ करोड ६५ लाख ६६ हजार ६४१ बजेट विनियोजन गरिएको छ ।

k1
२०७४ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने जिम्मा लिएको छ सिद्धबाबा कन्स्ट्रक्सन प्रा।लि।ले । काँक्रेविहारको पुनर्निर्माण सम्पन्न भए मध्यपश्चिममा आउने पर्यटकहरुलाई हेर्न लायक स्थान मध्य एक हुने दाबी गर्दछन पर्यटन ब्यबसायी धर्मराज आचार्य । मध्यपश्चिमा पर्यटकीय तथा ऐतिहासीक स्थलहरु प्रचुर मात्रामा रहेका छन् तर के गर्ने न राज्यले उचित ध्यान दिएको छ न स्थानियले नै ।

‘काँक्रेविहारको चर्चा र परिचर्चा धेरैपटक सुनेको थिए ।’ काँक्रेविहार घुम्न आएका सुर्खेत खजुरा राम केसीले भने,–‘प्रत्यक्ष रुपमा अवलोकन गर्दा खासै नयाँ केही पाइन्, यत्र तत्र प्राचिन मुर्ती र ढुंगा मात्र देखे, खासै नयाँ केही पाईन् ।’ तर पनी म यहाँ बरोबर आउने गर्दछु ।

k2
वीरेन्द्रनगरको मंगलगढी चौकीबाट दक्षिणमा रहेको काँक्रेविहार भग्नाशेषमा पुग्ने अधिकाँश आन्तरिक पर्यटकहरुको भनाई राम केसीको जस्तै छ । दैनिक ५० बढी आन्तरिक पर्यटक पुग्ने काँक्रेविहारको पुनर्निर्माणपछि पर्यटकहरु बढ्ने आँकलन काँक्रेविहारका चौकिदार शेरबहादुर कार्कीको भनाई छ ।

k3

दैनिक पर्यटकहरु काँक्रेविहारको अवलोकन गरेर फर्केपछि माल पाएर नी चाल नपाएको सरकारले विकासमा चासो नदेखाएको झल्कछ भन्ने भनाई सुन्नु परेको चौकीदार कार्कीले उल्लेख गरे । उनले कम्तीमा विहार निर्माणभएपछि प्रत्यक्ष रुपमा आगन्तुक र बाह्य पर्यटक पढ्ने बताए । तर पहिला जस्तै निर्माणको चर्चा चल्ने र केही समयपछि काम बन्द हुने प्रक्रिया यो पटक दोहोरिन नहुने उनको सुझाव छ ।

शिखर शैलीमा पुनःनिर्माण हुने काँक्रेविहारको संरचनामा अहिले अवशेषका रुपमा रहेका संरचनालाई नै प्रयोग गरिने मध्यपश्चिम क्षेत्रीय संग्रालय सुर्खेतका प्रमुख नवराज अधिकारीले जानकारी दिए । पुरानै अवस्थाको वास्तविक रुपरङगमा काँक्रेविहारको पुनःनिर्माण गरिने बताउँदै उनले कुनै फेरबदल नगरि जस्ताको तस्तै बनाउने बताए ।

काँक्रेविहार भग्नावशेषको २०५७ साल फागुन ११ गतेदेखि उत्खनन गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरु निकालिएको थियो । उत्खनन स्थलमा पुरातत्व विभागले २०६१ साल मङसिरदेखि शिखर शैली मन्दिर बनाउन काम सुरु गरिएको थियो । काँक्रेविहार कहिले, कसले बनाएको र कसरी भग्नावशेष भयो भन्नेबारे सबैको एकमत छैन ।