☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

कांग्रेस, माओवादी र मोर्चाको विनाशकारी गठबन्धन

  |

राजनीति शास्त्रका प्राध्यापक तथा एमाले सांसद लालबाबु यादवले कांग्रेस, माओवादी र मधेसी मोर्चाको पछिल्लो सत्ता गठबन्धनलाई विनाशकारी गठबन्धनको संज्ञा दिए । राजनीति शास्त्रका ज्ञाता उनले ‘ माकियाभेलियन पोलिटिक्स’को विशेषता वताउँदै यस्तो राजनीतिमा बाबु मारे पनि हुने, साथी मारे पनि हुने, जनता मारे पनि हुने तर सत्तामा जसरी पनि पुग्नु पर्ने परिभाषा लगाए ।  मधेस केन्द्रित दल आन्दोलन विसर्जन गरी सत्ता राजनीतिमा लागेपछिको नयाँ परिस्थितिबारे गरेको कुराकानीः

तपाईं राजनीतिक विषयको प्रध्यापक पनि हुनुहुन्छ, अहिले मधेसकेन्द्रित दल सरकारमा जाने तरखरमा छन् । मधेसका समस्या समाधान भएछन् ? 
म पनि यो प्रश्न उनीहरुलाई सोध्ने पक्षमा छु । उनीहरुको यो आन्दोलन मधेसी जनताको अधिकारका लागि थिएन । संविधानका विषयमा पनि यो आन्दोलन भएको होइन । यो ‘ट्रान्सफर अफ पावर’ पनि होइन । देशको लागि पनि यो आन्दोलन थिएन । कसैको इच्छा पूरा गर्न र आफू सत्तामा पुग्न यो आन्दोलन भएको थियो । केपी ओली नेतृत्वको सरकार हटाएपछि आन्दोलनकारीहरु सत्तापक्ष हुनुले यो स्पष्ट भइसकेको छ ।

ओली नेतृत्वको सरकारलाई जसरी भए पनि तल झार्नु पर्ने कसैको इच्छा थियो । त्यसका लागि भित्र भित्रै नयाँ समीकरणको तयारी भइरहेको थियो । आन्दोलनमा छौं भन्नेहरु आफ्नो मुद्दाको कुरा जनतासँग गरिरहेका थिएनन्, उनीहरु त नयाँ समीकरण बनाउन भित्र भित्रै सक्रिय थिए । अनि अहिले बनेको समीकरण कुनै प्रिन्सीपलमा आधारित होइन र छैन । जनता, संविधान, संवैधानिक निकाय केहीमा आधारित छैन ।

lalbabu yadav (1)
दुईटाको दुईटा धार छ । पार्टी फर्मेसन हुँदादेखि नै ‘द मुमेन्ट अफ नन् भ्वाइलेन्स’ प्रिन्सीपल लिएर हिडेको कांग्रेस र १९९६ मा भ्वाइलेन्स बाट आएको माओवादी पार्टीले मिलेर बनाएको सरकार हो । एकातिर भ्वाइलेन्स नन्भ्वाइलेन्स यसरी हेर्ने हो भने यो कम्प्लिमेन्ट्री होइन कन्ट्राडिक्टरी छ । यो कन्ट्राडिक्टी कुरा हो । यो विरोधाभाषपूर्ण कुरा हो ।

देस्रो उनीहरुको थर्टमै जाँदा पनि बुलेटबाट शक्तिमा आउने र ब्यालेटबाट शक्तिमा आउने एक अर्काको कम्प्लीमेन्ट्री होइन यो कन्ट्राडिक्टी हो । यो सजिलै हुनै सक्दैन । दुइ धु्रब एक ठाउँमा भएको अति जटिल परिस्थिति हो ।

अनि त्यो टुटेफुटेको जोडजाड गरेर आकार दिएर कहीँबाट के के ले अड्याएर बनाएको आकृतिले देशको लागि के काम दिन्छ रु यसले फाइदा भन्दा बेफाइदा धेरै गर्छ । साउथ पोल र नर्थ पोल मिलाउने कुरा त्यो त्यस्तो बेला मात्र मिल्न सक्छ जुन बेला ती पोलहरु ‘डिष्ट्रोय’ हुनुपर्छ । ‘डिष्ट्रोय’ भएपछि ती पहिले जस्तो कहीँ रहंदैनन् । अर्थात् अब कांग्रेस कांग्रेस रहेन र माओवादी माओवादी भएन ।

दोस्रो कुरा साउथ र नर्थ माइनस माइनस हो यसमा प्लस गर्नु भयो भने यो डिक्लाइनतिर जान्छ । यो फरवार्ड होइन ब्याकवार्डमा जान्छ । यसले विकास हैन बिनाश गर्छ । यस्तो समीकरण कसरी बन्यो रु यो समीकरणले कांग्रेस र माओबादी दुबैको विनाशको अवस्था हो ।

राजनीतिमा त जे गरे पनि हुने रहेछ है जनता त सधै निरिह हुने यहि हो राजनीति भनेको ?
राजनीति जहिले पनि जनतामुखी हुनु पर्छ । राजनीति भनेको सेवा हो । तर उहँहरुले त यहाँ राजनीतिलाई उपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने काम गर्नु भयो । यसलाई ‘माकियाभेलियन पोलिटिक्स’ भनिन्छ । यस्तो राजनीतिमा बाउ मारे पनि हुन्छ, आफन्त मासे पनि हुन्छ, साथी मारे पनि हुन्छ र जनता मारे पनि हुन्छ ।

‘एरिस्टोटल पोलिटिक्स’ भ्यालुवेस हुन्छ, मोरलवेस हुन्छ , इथिक्सवेस हुन्छ । जनता केन्द्रमा हुन्छ, त्यसलाई ‘फादर अफ द पोलिटिकल साइन्स’ भन्छ । त्यो हाम्रो नेपालमा गुमिसक्यो ।

राजनीति जति पछि गयो उति नराम्रो खेल किन हुँदै गयो ?
एउटा ब्यक्तिलाई असर गर्दा पोलिटिक्सलाई असर गर्नु पर्ने हो । तर यसो हुँदैन यहाँ । पर्सनल इन्ट्रेस्टलाई केन्द्रमा राखेर लिएर जाने केही नेताका कारण यस्तो भएको देखिंदैछ । यसो हुनु भनेको समाज हाँक्न नसकिने प्रमुख कारण हो । यसको जरा नै यस्तो छ । राम्रो नेतृत्वले नै यसको राम्रो निकास दिन सक्छ । राम्रोको एउटा उदाहरण बस्यो भने त्यसले रुप फेर्न सक्छ । आशा गरांै यस्तो नेतृत्व देशले पाओस् ।

अहिले मधेसी मोर्चासँग भएको तीन बुँदे सम्झौता ओली सरकार हुँदा पूरा भइसकेकै कुरा थिए, त्यसबेला मधेसकेन्द्रित दल किन सरकारमा प्रवेश गरेनन्, अहिले किन प्रवेश गर्दैछन् ?

त्यही कुरा त मैले पनि बुझेको छैन । नाकाबन्दी, तराई आन्दोलन केपी आउनु भन्दा अघि नै भएको थियो । संबिधान जलाउनु भयो तर, संबिधानबाट सबै फाइदा लिन कहिल्यै छोड्नु भएन । संविधान जलाउने तर त्यही संविधान अन्तर्गत चलेको संसदमा प्रधानमन्त्री चुनावमा भाग लिनु भयो । त्यति मात्र हैन जसले ४९ जनाको हत्या गर्यो उसैलाई भोट दिन आउनु भयो । यसको जस्टिफिकेसन के रु उहाँहरुलाई मेरो प्रश्न– केपीले बोलेकै हो, तर अपराधीलाई दण्ड दिने कि बोल्नेलाई रु तर, उहाँहरुसँग केही जवाफ हुँदैन ।

कहिले आठ बँुदे कहिले १२ बँुदे कहिले कति बुँदे हुँदै थियो अहिले त ३ बुँदामा आएर सकिएछ । त्यहाँ केही पनि फरक कुरा छैन, बरु उनीहरु १२ बुँदे मागबाट तीन बुँदामा सिमित भएका छन् ।

यो तीन बुँदामा केही नयाँ कुरा छैन । ओलीको सरकारले घाइतेलाई उपचार गर्ने र मरेकाको परिवारलाई क्षतिपूर्ति दिने काम गरेको थियो । कुरा रह्यो सिमाङ्कनको, पश्चिम छुटाउनै दिन्न भन्ने कांग्रेससँग कसरी मिल्यो तपाँइको मुद्दा रु बरु एमालेले केही भनेको छैन । उसँग नमिल्ने अनि अरुसँग मिल्ने हुन्छ रु उहाँहरुसँग यसको जवाफ छैन । यसले प्रष्ट पार्छ कि उहाँहरु आफूमा गाइडेड हुनुहुन्न । यो सबै ओलीको सरकार गिराउने योजना मात्र हो ।

गिरिजाप्रसाद, माधव नेपाल, झलनाथ खनाल, बाबुराम, खिलराज सबैको सरकारमा तराईका नेता त हुनुहुन्थ्यो त । ५६ जना त मन्त्री नै हुनुभएको हो नि । ल ५६ जनाले मात्र तराईको लागि गरेका काम हामीलाई देखाइदिनोस् न रु शिक्षा स्वाथ्य, बाटोघाटोमा के के गर्नु भएको छ रु छ जवाफ रु एउटा पनि जवाफ छैन ।

गिरिजाप्रसाद देखि अहिलेसम्म ओली सरकारले दिएजस्तो बजेट मधेसमा अरुले किन दिन सकेनन् रु अनि कसले गरेको रहेछ तराईका जनतालाई हेला रु यो बजेटले तराईलाई यो भन्दा अघिका सरकारले हेपेका रहेछन् भन्ने पुष्टी मात्र गरेको छैन कि ओली तराई बिरोधी होइनन् भन्ने पनि प्रष्ट गरेको छ ।

तराईको नेताले भनिदिउन् न गएको सरकारले जति गतिलो बजेट तराईलाई आजसम्म कुनै सरकारले बिनियोजन गर्न सके रु अनि ओली कसरी तराई बिरोधी मान्छे हुन् ?  यति भन्दा भन्दै पनि तराईका जनता सडकमा थिए नि, के थियो जनता त्यसरी सडकमा आउने कारण ?
हो, तपाईले राम्रो प्रश्न गर्नु भयो । तराईका जनता सडकमा आएकै हुन् । तर ती संविधानका कुरा र संघीयताका कुरा सुनेर भन्दा पनि अपमानकै कारण सडकमा थिए । काठमाडांैले मधेसी, धोती र मस्र्या भन्ने कुराकै अन्त्यको लागि सडकमा थिए ।

त्यो अरु एजेण्डाले बोकेकै थिएन त्यो मास । जति मधेसी पहाड र हिमालमा गएर काम गर्छन् उनीहरुलाई त्यति अपमान छैन, जति यो काठमाडांैले गर्छ । चाहे सीके राउत चाहे अन्यको किताब पढ्नु भयो भने काठमाडौंमा धोती भनेर हेपेको कुराबाट पीडा सुरु भएको छ । आफ्नै घरमा आफैं हेपिंदा यसले त्यो रुप आएको हो ।

पहाडको मान्छे तराई गयो भने हाम्रोमा देउता जस्तो सम्मान गर्छन् । तर यहाँ किन यस्तो रु यो कस्तो संस्कार हो रु त्यसैले संस्कारको विकास गरौं कि समाज सहजरुपमा अघि बढोस् ।

बिवाह गरेर ल्याएका महिलाले नागरिकता नपाउने भन्ने कुरा फैलाइएको थियो । तर, यो संविधानले बिहे गरेर ल्याएको तीन दिन भित्रमा नागरिकता पाउने ब्यवस्था गरेको छ । ठूला पार्टीले संविधानमा यो कुरा छ भनेर भन्न सकेनन् । यो संविधान बनेपछि पनि चार हजार त्यस्ता नागरिकले नागरिकता पाएका छन् ।

तर भारतमा बिवाह गरेर गएका नेपाली महिलाले नागरिकता पाउँदैनन् । यो कुरा त्यहँका नेताले सम्झाउनु भन्दा फरक मुद्दा बनाए । साना साना कुरा दलहरुले बुझाउन नसक्दा बाहिरकाले खेल्न पाए । र अनाहकमा ५० औं नागरिकले न्यान गुमाए ।

तर अब चाहीँ तराईका जनताले बुझेका छन् । र त आन्दोलन भएन र काठमाडौंमा सिमित भयो । पछिल्लो समयमा देशले यी सबै कुरालाई नेतृत्व गर्दै अघि बढेको थियो । अब के हुने हो, फेरि अन्योल र अस्तब्यस्तताको अवस्थामा देश आइपुगेको छ । एकातिर म झुक्दै नझुक्ने भन्ने, अनि हरेक निर्णयमा अरुलाई नै गुहार्ने यो कसरी हुन्छ ? हामी सँगै बसेर मिलाउनु पर्दैन ?

तपाईंले देश केही अगाडी बढेको थियो, अव पहिलेकै अवस्थामा आयो भन्नुभएको हो ? 
हन्ड्रेड परसेन्ट । यहि हो अहिलेको बिडम्बना । राम्रो कुरालाई राम्रो भन्न सकेनांै भने हामीले समाजलाई उल्टो दिशातिर लैजान्छांै । नेपाल साह्रै सानो छ । थोरैको बुद्धी र बलले मात्र पनि यो ‘यु टर्न’ हुनसक्छ । अहिले एक्लो प्रचण्डले यो सबै बिगार्न सकेजस्तै हो । एक्लो बलियो दृष्टिकोणले सपार्न पनि सक्छ ।

अनि हामीले बुझेर जानेको कुरा किन नबोल्ने रु देश केही कदम अघि बढेको थियो । अरुको आदेश र निगाहामा मात्र चल्ने नेपालबाट आफ्ना निर्णय आफैं गर्ने र आफ्ना योजना आफैं बनाउने अवस्थामा आइपुगेको थियो ।

यो अवस्थामा आईपुग्न नेपालले धेरै हस्तक्षेप, अप्ठ््यारा हँुदै नाकाबन्दी सम्म झेलेको थियो । बल्ल बल्ल नेपाल नेपालीको निर्णयमा फर्काएका थिए ओलीले । तर, प्रचण्डले त्यसलाई क्षणभरमै ध्वस्त पारिदिए ।

बंगलादेश हुँदै इण्डिया भएर तेलको पाइपलाइन ल्याउँदा १२ किलोमिटर मात्र भारतमा पर्दा पनि त भारतले बाटो नदिएकै हो नि । उसले किन चाहँदैन भने मैले बाटो दिएँ र नेपाल अन्त निर्भर भयो भने मेरो हातबाट बाहिर जान्छ भनेर हो नि त । उसका जे पनि योजना हुन्छन् नेपाललाई आफ्नो पञ्जाबाट बाहिर जान नदिने हो ।

र यो मामिलामा भारत सधैं सफल पनि छ । उसको अहिलेसम्मकै असफलता भनेको संविधानको घोषणा उ बिनै गर्नु र नाकाबन्दीपछि उसको ईच्छा विपरित चीनसँग पारवहन र ब्यापार सम्झौता गर्नु हो । यसैले उसलाई पोलीरहेको थियो । कहाँ हानौं भनेर बसेको उसले सत्रुका सत्रु मित्र भने झंै कांग्रेस मार्फत प्रचण्ड प्रयोग गरेको हो । जग नै उताबाट खनिएको सरकारले नेपालको हितमा काम गरोस् भनेर कामना मात्र गर्ने हो ।

त्यसो भए अब तराईका जनताको माग पूरा भएको हो ? 
अहिले पनि सरकारमा जाने तिनै हुन् जो पहिले थिए । को नयाँ आएको छ र रु तराईमा झा, यादवहरु त सधंै पहुँचमै छन् त्यहाँ अहिले पनि अधिक जनसंख्यामा रहेको डोम, मुसहर, चमारहरु कहिल्यै नेतृत्वमा देखिंदैनन् । तराईको सिंगै जनसंख्या एकातिर हुँदा १५ देखि २२ प्रतिशत जनसंख्या भएकाहरु सधै पहुँचमा भएर मात्र तराईको समग्र विकास होला त रु हुँदैन ।

हो, तराईको समस्या भनेको यहि नै हो । सम्पन्नहरु यहाँ कहिल्यै हेपाइमा छैनन्, जो पढेका छन्, पहुँचमा छन् । तर जसले पढ्न सकेनन् जो पहुँचमा हुन सकेनन् तिनिहरु सधै हेपाइमा छन् । भन्नु होला पहाडीले भनेर, पाहाडीले मात्र हैन तराईका हरुले नै तिनीहरुको नाममा यहाँ आफ्नो दुनो सोझ्याएका छन् । हेपिएकाहरु सधैं जस्ताको तस्तै ।

तराईको साच्चैको दुसाध, चमार, डोम, र मुसहर कहिल्यै माथि आउन नसक्नु र तराई सामाजिक रुपमा पछि पर्नुको कारण पनि यहि हो । तर मधेस र मधेसीको नाममा निश्चित ग्रुपले फाइदा लिएको छ । हामी पनि मधेसी अनुहार देख्नासाथ भन्छौः लौ मधेसीको प्रतिनिधित्व भयो ।

तर हामी भन्दैनांै कि त्यो तराईको ५० हजार पनि जनसंख्या नभएको एउटा माथिल्लो समुदायको हो । उसले सबैको प्रतिनिधित्व गर्न सक्दैन भनेर हामीले कहिल्यै भनेनौं । तर अब चाहीँ यसरी हाम्रो नाममा यी एक दुईले मात्र शासन गरिरहेका छन् भनेर तराईका जनताले बुझेका छन् ।

तराईमा बुझाइको स्तर चाहीँ बढेको हो ? 
किन नहुनु, तराईको जनताले बुझे र त उनीहरुको आन्दोलन खिइँदै काठमाडौंमा सिमित भयो । तराईमा बुझाइको स्तर नबढेको भए हिजो सीमा अतिक्रमण हुँदा अर्को बाघ र आफू बिरालो नै भएको भए पनि देखाइदियो नि हैन अस्ती रु अन्तराष्ट्रिय मापदण्ड बिपरित भारतले बनाउँदै गरेको बाँध तिनै जनताले रोकेर देखाइदिए नि । आन्दोलन हाँक्ने कोही नेता त थिएनन् । ती नेता र मधेसका जनताको मुद्दा कति भिन्न छ भन्ने यसले देखाउँछ ।

साभार चक्रपथ अनलाइन

प्रकाशित मितिः सोमवार, साउन ३१, २०७३     4:26:13 AM
error: Content is protected !!