☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

इश्लामिक धर्मगुरु उनका सहयोगीको गोली हानी हत्या

  |

अमेरिकी राज्य न्युयोर्कको क्विन्समा एक इश्लामिक धर्मगुरु र उनको सहयोगीलाई गोली हानी हत्या गरिएको छ । सडकमा हिँडिरहेको बेला पछाडिबाट एक व्यक्तिले उनीहरुको टाउकोमा गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

140820160909082016-08-14T000539Z_11130200-1000x0
धर्मगुरूका समर्थकहरू ।

बंगलादेशबाट दुई वर्ष अघि ५५ वर्षीय इमाम मौलाना अकोन्जी अमेरिका आएको बताइएको छ । यस्तै उनको सहयोगी थारा उद्दिन ६४ वर्षका थिए । उनीहरुलाई अल–फुर्कान मस्जिदबाट निस्किए लगत्तै गोली प्रहार गरिएको थियो । यद्यपि प्रहरीका अनुसार उनीहरु दुईजना धर्मका कारण मारिएको हुनसक्ने कुनै तथ्य फेला परेको छैन ।

इमामको हत्या भएको स्थलमा जम्मा भएका समर्थकहरुले भने यो ‘हेट क्राइम’ नै भएको दाबा गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले न्यायको माग गर्दै नाराबाजी समेत गरेका थिए ।

जततउस्ररदष्त।थिरद्दबत्ष्ँल्ग

प्रकाशित मितिः आइतवार, साउन ३०, २०७३     8:14:17 AM
error: Content is protected !!