☰ open Loading... 19 April 2024|  

मेक्सिकोमा गएकाे पहिरोमा ४० को मृत्यु
  | २५ श्रावण २०७३, मंगलवार ०८:१९

उष्ण कटिवंघीय तुफान अर्लका कारण मेक्सिकोमा गएको पहिरोमा परी यसहप्ता कम्तिमा ४० जनाको मृत्यु भएको छ । मौसमविज्ञहरुले अमेरिकी प्रशान्त महासागर तटमा पनि अझै आँधी आउने खतरा रहेको बताएका छन् ।

Mexico-Landslide-Latino-750

मेक्सिको प्युबला मध्यक्षेत्रमा भएको एक पहिरोमा १५ बालबालिकासहित २९ व्यक्तिको मृत्यु भएको हो । त्यसैगरी बेराक्रुजमा गएको यस्तै एक पहिरोमा परी ११ जना अरू नागरिकको मृत्यु भएको बेराक्रुजका गभर्नरले बताएका छन् ।

बुधबार क्यारेबियन सागरबाट निस्केको अर्ल नामक तुफान मेक्सिकोको राजधानीबाट दक्षिण क्षेत्रमा सामान्य जनजीवन अस्तव्यस्त हुनेगरी प्रभावित पारेको थियो ।