☰ open Loading... 19 April 2024|  

घुम्न जाउँ दैलेख महावु लेक
  | ३२ श्रावण २०७३, मंगलवार ११:५०

चारैतिर अग्लाअग्ला लेकहरु । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान ।

सुन्दर पाटन हेर्न चाहनेहरुका लागि र धार्मीक आस्थावालहरु दुवै पर्यटकहरुको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकाले चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु । सवैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ ।

m1
माथिल्लो पाटनमा पुजाका लागि जाने भक्तजनहरु ।

महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाँउहरु सहज हेर्न सकिन्छ । मौसम सफा भएको बेला बर्दिया, टिकापुर र नेपालगंजसम्म झिलिमिलि बत्ती बलेको देख्न सकिने बुढापाकाहरु बताउँछन् । महावु जान सदरमुकामबाट डेढ दिनको पैदल यात्रापछि पुगीन्छ । यो पाटन कर्णाली अञ्चल छिर्ने प्रवेशद्धार पनि हो ।

m2

भैसीखोर, भवानी हुँदै दैलेखको अन्तिम मानवबस्ती रहेको उनपाटा बास बसेर भोलीपल्ट विहान २ देखी ३ घण्टाको पैदलयात्रापछि पाटन पुगीन्छ । मनोरम दृश्य, लेकाली परिवेश, विन्भिन्न थरिका प्रजाती, भेषभुष आदि अवलोकन गर्दै पैदन यात्रा गर्दा थकानकै अनुभुती नै हुँदैन् ।

पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटकहरु श्रावन, भद्रौमा बढी हुन्छन् । हिउँदमा टम्म हिउँपर्ने भएकाले पनि पाटन पुग्न मुस्किल हुने गर्दछ । त्यहाँ पुग्नेहरु शिवको दर्शनअघि पाटनमै बगेको खोलामा नुहाएर २५ मिनेट ठाडो लेकमा पुगेर शिवलिङ्ग पुजा समेत गर्दछन् ।

m4
 शिवलिङ्ग पुजा गर्नुअघि पाटनमा रहेको देवलहरु

महावु पाटन उक्लिएपछि चारैतिरबाट चिरर आएको चिसो चिसो हावाको वेगले शरिर थररर काम्न थाल्छ । माथि लेखको ठुलाठुला ढुङ्गाको काखमा रहेको शिवलिङ्गको दर्शन गरी धर्मकर्म गर्नुका साथै पाटनका सुन्दर दृश्य समेत निहाल्छन् ।

पाटनमा फुलेका रंगीविरगी फुलहरुले यात्राअवधीभरको थकान नै मेटीने गर्दछ । पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अध्यारो बनाईदिन्छ त कहिले सिमसिमे पानीसगै हावाको वेगले फुलहरु हल्लिरहेका हुन्छन् । छिनछिनमा मौसम बदलिरहदाँ महावु पुग्ने जो कोही पनि दंग पर्ने गर्दछन् । लेकमै रहेको पोखरी र पोखरी आसपास ढकमक्क फुलेका फुलहरुले पर्यटकहरुलाई अझँ आनन्दीत तुल्याउँछ ।

महावु पाटन नजिक रहेको पोखरी र फुलहरु
महावु पाटन नजिक रहेको पोखरी र फुलहरु

हिउँ खेल्न वा गर्मी छल्न आन्तरिक पर्यटन हरेक मौसममा महावु पुग्ने गर्दछन् । तर, रक्षाबन्धनको दिन भने महावुमा विशेष रुपमा पुजा गरीन्छ । ७ महिना बढी हिउँ पर्ने महावु जिल्लाकै प्राकृतिक सौन्दर्यको धनी मानिन्छ ।

महावुबाट दैलेखका सम्पूर्ण भुभागहरु एकएक गरी छुट्याएर देख्न सकिने भएर पनि महत्वपूर्ण हेरिने गरिएको छ । मध्य तथा सुदुरपश्चिम र भारतबाट समेत दशौं हजार भक्तजनहरु साउनको जनैपूर्णिमामा घुईचो लाग्ने गर्दछ । सवारी साधनको प्रयोग गरे दैलेख सदरमुकामबाट ४ देखी ५ घण्टामा उनपाटा पुग्न (हिउँदमा मात्र) सकिन्छ ।

m3

महावु अर्को विशेषता कर्णाली अञ्चल प्रवेश गर्ने सवैभन्दा छोटो मार्ग समेत हो । महावु भएर कर्णाली प्रवेश गर्दा ४८ किलोमिटर छोटो पर्ने ईन्जिनियरहरुको भनाई छ ।

भविष्यलाई हेर्दा कर्णाली प्रवेश गर्ने पर्यटकहरु यहाँ रोक्न विशेष योजनाहरु ल्याउनुपर्ने दैलेखका पर्यटनकर्मी रुपक थापाको भनाई छ । ‘कर्णाली जान निकै छोटो र सजिलो मार्ग भएकाले पर्यटकहरु बढ्नेछन् ।’ पर्यटककर्मी थापाले भने, प्रचारप्रसार अभावमा मनोरम दृश्यहरु भएको पाटनहरु ओझेलमा परेका छन् ।’