☰ open Loading... 20 May 2024|  

पश्चिमनेपाल डटकमको उद्घाटन
  | ३ भाद्र २०७३, शुक्रबार ०६:१०

स्थानीय विकास अधिकारी हरि प्याकुरेलले एक कार्यक्रमका विच पश्चिमनेपाल डटकम डिजिटल पत्रिकाको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

IMG_4979

दैलेखको होटल पार्क ईनमा भएको कार्यक्रममा दैलेख जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, गैरसरकारी संस्थाका प्रमुखहरु, निजि क्षेत्रबाट समेत उपस्थिति भएको थियो ।

कार्यक्रममा पश्चिम क्षेत्रको विकासमा हातेमालो र यहाँका समस्याहरुलाई उजार्गर गरी सम्वन्धीत निकायको ध्यान आर्कषण गराउने पश्चिम नेपालका अभिषेक अनुरागले जानकारी दिए ।

त्यस्तै पश्चिमका पर्यटकिय क्षेत्रहरुलाई विश्व माँझ चिनाउन अनलाईन मार्फत मुख्य रुपमा लाग्ने सम्पादक गोविन्ददेव भारतीले बताए । उनले पश्चिमका मुद्दाहरुलाई सवैको साँझा बनाएर सशक्त रुपमा लाग्ने सम्पादक भारतीले बताए ।

पश्चिमनेपाल पश्चिमकै तारा बनाईनुपर्ने स्थानीय विकास अधिकारी प्याकुरेलले बताए । उनले अनलाईनकै युग भएकाले सवैको ढुकढुकी बनाउन टिम लाग्नेमा विश्वास ब्यक्त गरे । कार्यक्रममा अनलाईनको उद्देश्य र महत्वका बारेमा टिमका विशाल सुनारले चर्चा गरेका थिए ।