☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

गायिका कि आइटम गर्ल

  |

इन्दिरा जोशी लोकप्रिय गायिका हुन् भन्ने कुरा प्रमाणित गरिरहनु पर्दैन । पप, आधुनिक, चलचित्र हुँदै राष्ट्रिय गीतसमेत गाइसकेकी इन्दिराले गायनमार्फत आफूलाई प्रमाणित गरिसकेकी छिन् । चलचित्र ‘लुट’ को ‘उध्रेको चोली…..’

पछि इन्दिराले आइटम गायिकाको उपनामसमेत पाइन् ।
indra
त्यतिसम्म त ठीकै थियो, अघिल्लो वर्ष प्रदर्शनमा आएको एउटा चलचित्र त उनी ‘आइटम गर्ल’ कै रूपमा प्रस्तुत भइन् ।

चलचित्र ‘फन्को’ को ‘लोकल ब्युटी ।’ गीतमा इन्दिराले आवाज मात्र दिइनन्, आइटम नृत्य नै गरिन् ।

नायिका प्रियंका कार्कीसँगै सारीमा कम्मर मर्काउने इन्दिराले अहिले आएर त्यसको फल पाएकी छिन् ।

हालै घोषणा गरिएको डी सिने एवार्डमा यसै वर्षदेखि थपिएको ‘आइटम डान्स’ को विधामा इन्दिरा पनि मनोनीत छिन् ।

साउन २९ गते वितरण गरिने यो एवार्डमा इन्दिराले आइटम डान्सको एवार्ड नै पाइन् भने उनलाई आइटम गायिका भन्ने कि आइटम गर्ल रु अन्यौल हुन सक्छ । त्यसो त यसमा इन्दिराले आफूलाई गायिका मात्र मानिदिन आग्रह गर्ने सम्भावनाचाहिँ प्रबल छ ।

प्रकाशित मितिः बुधबार, साउन २६, २०७३     2:25:26 AM
error: Content is protected !!