☰ open Loading... 12 April 2024|  

युवतीलाई बलत्कार गर्ने फरार
  | ३ भाद्र २०७३, शुक्रबार १२:३२

एक युवतीलाई बलात्कारको आरोपमा प्रहरीले खोज्न थालेपछि दैलेखको रानीवन गाविस वडा नं. ५ गैडाबाजका २३ वर्षीय दीपक पाण्डे फरार भएका छन् ।

गाउँकै एक दलित युवतीलाई गएराति बाँसीको मालिका माई मेलामा बलात्कार गरेको भनी पीडितले गैंडाबाज प्रहरीमा लिखित निवेदन परे लगतै भागेको बताइएको छ ।

गैंडाबाज प्रहरी चौकीका इञ्चार्ज असई नरेन्द्रसिंह कार्कीले निवेदन आएको र त्यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।