☰ open Loading... 20 May 2024|  

भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’
  | ४ भाद्र २०७३, शनिबार १५:२७

नवोदित गायिका भावना आचार्यले ‘त्यो डाँडापारि छेउ’ नामक म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । ‘तिमीले लगाएको आँखाको गाजलले मलाई लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ, तिमी पनि उत्तिकै राम्रो छौं मेरो रुपमा लोभ्याएका छौं भनत म कस्तो भाको छु’ यस्तै शब्द भावमा अनुबन्धित तीज गीतमा उनलाई खेम भण्डारीले स्वरमा साथ दिएका छन् ।

कामना डिजिटलले बजारमा ल्याएको यो गीत मौलिकतामा आधारित छ । ‘कुनै उच्छृंखलता छैन् । पश्चिम नेपाललाई केन्द्रित गरेर गीत लेखिएको छ’ दैलेख वडलम्जीकी भावनाले भनिन्, मौलिक शब्द भएकाले धेरैबाट राम्रो प्रतिक्रिया आएको छ ।’

बब्बु थापाको निर्देशनमा तयार भएको भिडियोमा भावना र खेम स्वयंले अभिनय पनि गरेका छन् । उनले करिब एक दर्जन गीतमा स्वर दिनुका साथै विभिन्न म्युजिक भिडियोमा मोडलिङसमेत गरेकी छिन् ।

नवोदित गायिका भावना आचार्यको म्युजिक भिडियो ‘त्यो डाँडापारि’ ।