☰ open Loading... 22 May 2024|  

जन्म दिने अामालाइ छाेराले गरे हत्या
  | ४ भाद्र २०७३, शनिबार १७:३७

जाजरकोटमा छोराले आफुलाई जन्मदिने आमाको हत्या गरेका छन । सल्ला गाविस १ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जग्गा सम्वन्धी विवाद भएपछि छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । हत्या अभियोगमा पक्राउ परेका बुद्धिबहादुरले प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् ।

साउन २२ गते नै आमाको हत्या गरी खाडलमा गाडेको वयान खत्रीले दिएपछि घटनानस्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदन समेत दिएपछि छानवीन गर्दा घटनाको रहस्योद्घाटन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत वोहोराले बताए ।

शुक्रवार स्थानीय वासिन्दाले दिएको सुचनाको आधारमा खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि वढाएको उनले प्रारम्भिक वयानको क्रममा खत्रीले जग्गा सम्वन्धी विवाद हुँदा आमाको हत्या गरी खाडलमा गाडेको स्वीकारेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

खत्रीले दिएको वयानको आधारमा खाडल खनेर उत्खनन गरेपछि मात्रै वास्तविकता वाहिर आउने प्रहरी निरीक्षक वोहोराले उल्लेख गरे ।

आमा हराएको भनेपछि गाउँले र प्रहरीले खत्रीमाथी आशंका गदै निगरानी गरेको पनि उहाँले जानकारी दिए । आमाले गत असार १३÷१४ गते बुवाको नाममा रहेको आफनो नाममा जग्गा पास गरेपछि श्रीमतिको उक्साहटमा आएर आमाको हत्या गरेको वयान खत्रीले दिएको प्रहरीको भनाई छ । उनका बुवाको यस अघि नै मृत्यु भैसकेको छ ।

स्थानीयको सुचना आधारमा शुक्रवार साँझ खत्रीलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा ५ जनाको अनुसन्धान टोली घटनास्थल सक्लाको लैखमतर्फ पठाइएको छ ।

जिल्ला प्रंहरी कार्यालयवाट गएको प्रहरी टोली शनिवार दिउसो २ बजेतिर पुग्ने र त्यसपछि खाडलको उत्खनन गरी अनुसन्धान अघि वढाउने प्रहरी निरिक्षक बोहराले जानकारी दिए ।