☰ open Loading... 21 April 2024|  

दाङमा सवारी चालककाे हत्या
  | ४ भाद्र २०७३, शनिबार १७:४५

विजौरी ५ निवासी २६ वर्षीय हिरामणि चौधरीको हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी धिरजप्रताप सिंहले चौधरीको शव मानपुर ८ मा शुक्रवार फेला परेको र उनको हत्या गएराति नै भएको हुनसक्ने बताउनुभयो ।

चौधरी सवारी चालक हुन् । चौधरीको अनुहार र शरिरका विभिन्न भागमा आक्रमण गरिएका घाउ र खतहरु देखापरेको एसपी सिंहले बताए । घटनावारे अनुसन्धान सुरु गरिएको र सोधपुछका लागी २जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।