☰ open Loading... 16 April 2024|  

बँदेल धपाउन रातभर जाग्राम
  | ६ भाद्र २०७३, सोमबार ०७:३२

बँदेल धपाउन सल्यान तीन गाविसका नागरिक रातभर जाग्राम बस्न थालेका छन् । जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने मुलखोला, देवस्थल र घाँजरीपिपलका केहि वडाहरुका नागरिक बँदेलले बारीमा लगाएको अन्नबाली खान थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका हुन ।

वर्षे बालीमा नोक्सानी गरेको गर्न थालेपछि बँदेले धपाउन रातभरी नै जाग्राम बस्नु परेको स्थानीयको भनाई छ । विगत ३ वर्षदेखि लागातार मुलखोलाको वडा ४ र ५, देवस्थलको वडा २ , ४, ५ र ८ मा वँदेलले पाखोबारीमा लगाएको मकै, बदाम, अदुवा, वेसार, पिडालुँ, तरुल लगायतका बालीमा नोक्सान पु¥याउँने गरेका छन ।

बँदेल धपाउन कै लागि वर्षायाममा यहाँका नागरिकहरु रातभर जाग्रामा बस्ने गरेका हुन् । रातभर थाली, मादल र सिटि वजाएर, खेतबारीमा आगो बालेर स्थानीयले बँदेल धपाउदा पनि बालीमा नोक्सान पु¥याएको मुलखोलाका स्थानीय महेन्द्र वुढाले जानकारी दिए । बँदेलले पाक्दै गरेको मकैबालीमा सवैभन्दा बढि क्षती पु¥याएको छ । ३ वर्षदेखि बारीको अन्नबाली भित्राउन नपाएको गुनासो बुढाको छ ।