☰ open Loading... 26 April 2024|  

किन बदलियो काईलीको भूमिका ?
  | ९ भाद्र २०७३, बिहीबार १३:४१

Nanda -2

एक समयको चर्चित टेलिश्रृंखला झ्याईकुटी झ्याईकी ‘काईली’ अचेल फरक भूमिकामा छिन् ।

झण्डै सात वर्ष ‘काईली’ का रुपमा टेलिसिरियलमा छाएकी नन्दा बस्याल मौलिक लोक नृत्य निर्देशनमै व्यस्त हुन्छिन् ।

राजधानी होस् या मोफसलमा सुटिङ हुने म्युजिक भिडियोको नृत्य निर्देशनमा उनी सबैको रोजाईमा पर्छिन् ।

आफ्नै नेतृत्वको संस्था ‘सिस्टर नेपाल’ ले आयोजना गर्न लागेको तीज विशेष कार्यक्रमका लागि केही दिन अघि जन्मथलो वीरेन्द्रनगरमा झुल्किएकी नन्दाले आफू अभिनयबाटै दर्शकमाझ परिचित भएको बताइन् ।

‘साथी बनेर..’ मा कुशल अभिनयका कारण उनले वाहीवाही पाइन् ।

तीजका र्पाच एल्बम बजारमा ल्याइसकेकी छन् ।

करिब दुई दर्जन म्युजिक भिडियोमा उनकै निर्देशन छ ।

चार दर्जन जतिमा मोडलिङ गरिसकेकी छिन् ।

भावना, मेरो कथा, ढुंगाजस्तो माया लगायतका फिल्ममा नन्दालाई अभिनेत्रीका रुपमा देख्न सकिन्छ ।

‘झ्याईकुटी झ्याई बन्द भएपनि लोकनृत्यमै जीवन सर्मपित गरेकी छु’ उनले भनिन् ।

पूर्वदेखि पश्चिम नेपालमा नाचिने सबै प्रकारका लोकनृत्यमा उनको राम्रो दख्खल छ ।