☰ open Loading... 25 April 2024|  

तातिदै स्ववियू निर्वाचनको माहोल (फोटो फिचर)
  | १० भाद्र २०७३, शुक्रबार ०९:५६

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माहोल तातिदै गर्दा निर्वाचन समितिको आयोजनामा आज सम्पुर्ण बिद्यार्थी संगठनका उम्देवारहरुले परिचयात्मक कार्यक्रम गरेका छन ।

m5
कार्यक्रमा विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारहरुले आफ्नो उम्मेदवार घोषणा गर्नुको कारण प्रस्ट पारेका थिए । स्ववियू निर्वाचनमा ८ संगठनले सहभागिता जनाएका छन् ।

m3
बिहीबार सार्वजनिक गरिएको कार्य तालिकाअनुसार भदौ १२ गते विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान गरिनेछ ।

m4
त्यसअघि आज विहान साढे सात देखि साढे ९ सम्म उम्मेद्वारहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

m1
आज नै मध्यान्ह १२ बजेसम्म मात्र विद्यार्थी संघ संगठनहरुले प्रचारप्रसार गर्न पाउने छन् । १२ बजेपछि निर्वाचन आचारसंहिता लागु हुने इन्जिनियरिङ सङ्कायका निमित्त डीन तथा निर्वाचन समितिका संयोजक अनन्तराज घिमिरेले जानकारी दिए ।

m6

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई केन्द्रित गरि विद्यार्थीहरु पनि तयारीमा जुटिरहेका छन् ।

m2
बिहीबारदेखि निर्वाचनको अघिल्लो दिनसम्म विदा रहेपनि धेरैजसो विद्यार्थीहरु भने विश्वविद्यालयको केन्द्रिय महाविद्यालयमै आफूलाई जिताउन विद्यार्थीसंग मत मागिरहेका छन् ।