☰ open Loading... 19 April 2024|  

उपचार खर्च तिर्न नसक्दा विचल्लीमा वीरु
  | १० भाद्र २०७३, शुक्रबार १८:१२

भेरी मालिका नगरपालिका ३ सिमलगैरीका विरु नेपालीको जेठ २८ गते काठमाडौंको शुस्मा कोइराला मेमोरियल अस्पतालमा घुडाको अप्रेसन हुदै थियो । घुडामा भएको ठुलो घाउको पिडा एकातिर थियो भने त्यो भन्दा ठुलो पिडा उनको जीवनमा अर्कै थियो ।

उनको घुडाको उपचारका लागि अप्रेसन हुने दिन उनकी आमा लल्ती नेपालीको चित्ता खलंगाको कालेगाउँ स्थित भेरी नदीको किनारमा जल्दै थियो ।

hospital
एकातिर आमाको खवर अर्काेतिर घुडामा असहय पिडाका कारण विरु निकै चिन्तामा थिए । तर अहिले उनी झन ठुलो संकटमा परेका छन् । अस्पतालमा घुडाको घाउको उपचार गर्दा लागेको खर्च तिर्न नसक्दा विरु ठुलो विचल्लीमा परेको छन् ।

आफुलाइ सहयोग गर्ने कोहि पनि नभएपछि उनी ठुलो संकटमा परेका हुन् । वुवा र आमा दुवै नभएका अति विपन्न परिवारका विरु घुडामा भएको घाउको उपचारका क्रममा करीव तीन महिना देखि काठमाडौंको शुस्मा कोइराला मेमोरियल अस्पतालमा छन् ।

उनका न त नजिकका आफन्त छन् न त उनी सँग सम्पति नै छ । ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्ने उनी अहिले थला पर्दा निकै समस्यामा परेका हुन् ।

  • विरु जिल्ला अस्पताल जाजरकोटको सिफारिस अनुसार काठमाडौंको शुस्मा कोइराला मेमोरियल अस्प्तालमा गत जेठ २५ गते पुरयाइएका थिए ।

मजदुरी गर्ने क्रममा घुडामा चोट लागेर ठुलो घाउँ वनेपछि अशक्त वनेका विरु जिल्ला अस्पताल जाजरकोटको सिफारिस अनुसार काठमाडौंको शुस्मा कोइराला मेमोरियल अस्प्तालमा गत जेठ २५ गते पुरयाइएका थिए । पारिवारीक अवस्था निकै दयनीय भएका विरुलाइ स्थानीय आफन्तहरुले चन्दा उठाएर जम्मा भएको ३० हजार रुपैयाले काठमाडौ पुरयाइएको उनका भाइ नाता पर्ने उदाम नेपालीले वताए ।

उनलाइ अस्पतालमा अप्रेसन र वेड निशुल्क गरिएको भएपनि हेरचाहमा वसेको साथी र उनको होटेलमा खाएको खाना खर्च, मेडिकलमा औषधीको विल, र अस्प्तालको सेवा खर्च तिर्न नसक्दा उनी अस्पतालवाट घर फर्कन त के वाहिर निस्कन समेत नसक्ने भएका छन् ।

उपचार सकिएर घर फर्कने वेला हुन लागेपनि अस्पतालवाटै वाहिर निस्कन ६० हजार तिर्नु पर्ने भएपछि उनी विचल्लीमा परेका हुन् । पैसा नभएका कारण अस्प्तालमै विचल्लीमा परेका विरुले दिनमा चार पाँच पटक रुदै फोन गर्ने गरेको र आफु पनि विपन्न भएका कारण सहयोग जुटाउन नसकेको उदामले वताए ।

अस्पतालका एक डाक्टरले व्यक्तिगत रुपमा ८ हजार सहयोग गरेको भएपनि धेरै रकम तिर्नु पर्ने भएपछि आफुहरु समस्यामा परेको उनले वताए ।

उता विरु नेपालीले रुदै भने मेरो यो संसारमा आफनो कोहि छैन म कसरी यो अस्पतालवाट वाहिर जाउ ँ? पकेटमा ५ रुपैया पनि छैन तिर्नु ६० हजार छ अव के गरौं, उनले भने । सुरुमा त गाउँमा गाउँलेले चन्दा उठाएर केहि सहयोग गरे अव मलाइ कसले सहयोग गर्छ ?

उनले दुखेसो पोखे । सहयोगका लागि धेरै ठाउँमा गुहारेको तर कसैले वास्ता नगरेको उनले गुनासो गरे । म ठुलो नेताको छोरो भएको भए सरकारले पनि सहयोग गथ्र्याे होला तर मलाइ कसले हेर्छ? उनले रुदै भने ।