☰ open Loading... 19 April 2024|  

पुल निर्माणमा खेलाँची, यात्रुलाई सास्ती
  | ११ भाद्र २०७३, शनिबार १७:०३

राप्ती लोकमार्गका आधा दर्जन खोलामा पुल निमार्ण नहुँदा वर्षातमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । सलयानको अरिंगालेफेदी, चाख्लिघाट, रुकुमको सिम्रुत लगायतमा पुल नहुँदा समस्या भएको हो ।

rode p1

वर्षातमा अरिंगालेफेदी र सिम्रुत खोला उर्लिदा सवारीका साधनहरु बिच बाटोमै दिनभर अलपत्र पर्ने गरेका छन् । वर्षात हुने बित्तिकै खोलामा पानीको सतह बढ्छ । यातायात अवरोधले यात्रुहरुलाई गन्तव्यामा पुग्न समस्या हुने गरको छ, जबरजस्ती खोलामा गाडी हाले बगाउला भन्ने डर हुन्छ सवारी चालक चन्द्र भण्डारीले बताए ।

rode p2
राप्ती लोकमार्ग सञ्चालनमा आएको दशकौं वितिसकेको छ । कालोपत्रे भएको ४ वर्ष वितिसकेको छ । तर खोलामा पुल बन्न सकि रहेका छैनन् जसका कारण यात्रुहरु बिचबाटोमा अलपत्र पर्ने गरेका छन् । सिद्धेश्वरीको चाख्लिघाटमा फिनिसिङ नहुँदा समस्या भएको छ । रोडदेखि झँन्डै १ मिटर अग्लो पुल भएका कारण पुल अलपत्र जस्तै बनेको छ ।

अंरिगालेफेदी र सिम्रुतुमा पुल बनाउने सुरसारै छैन् । थारमारेको ठिन्वाङ खोला, चाख्लीघाट खोला, अरिंगालेफेदी र रुकुमको सिम्रुतुमो इलाइड, सुर्य देवी र एकिएस कम्पनीले ठेक्का लिएको छ । ती कम्पनीले अहिलेसम्म थारमारेको ठिनवाङ खोला, चाख्लिघाटमा निमार्णाधिन अवस्थामा छोडेका छन् ।

चारवटा पुल निमार्णका लागि ५ करोडमा ४२ लाखमा ठेक्का लिएको निमार्ण कम्पनीका विरेन्द्र लामाले जानकारी दिनु भयो । दुईवटा पुलको काम अघि बढि रहेको र बाँकी दुईवटा पुलको काम पनि वर्षाको समाप्ति लगत्तै सुरु हुने उनको भनाई छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि भदौ मध्यसातास काम शुरु हुन सकेको छैन् ।