☰ open Loading... 10 September 2024|  

यसरी च्यातिए स्ववियु मतगणना स्थलमा मतहरु
  | १३ भाद्र २०७३, सोमबार १९:४१

मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको रौनक छाएको थियो । सोमबार मात्रै स्ववियु पादाधिकारीका लागि मतदान सम्पन्न भएको थियो । मंगलबार विहान ३ बजेबाट मतगणना विश्वविद्यालयको शैक्षिक भवनमा शुरु भयो । दिनभर नै अन्तिम मत परिमाण सार्वजनिक गर्न निर्वाचन समिति तल्लिन थियो ।

दिउसो नै बुथ नम्बर ३ र २ को मत गणना कार्य सम्पन्न भएको थियो । त्यो बेलासम्म नेपाल विद्यार्थी संघबाट उम्मेदवार बनेका झक्कबहादुर शाही २९३ मतले अग्रस्थानमा थिए । बुथ नम्बर १ को मत गणना जारी नै थियो ।

mu 2 - Copy
तर बुथ नम्बर एकमा ५६ मत गणना हुन बाँकी नै थियो । साँझको करिव ५ः३० बजे शान्तमय वातावरणमा मत गणना भैरहेको थियो । एक्काशी अखिल (क्रान्तिकारी) बाट अध्यक्षका उम्मेदवार राजेन्द्र बुढा उठे ।

उनले फर्जि मत हाल्ने भन्दै मत गणना लेखिएको कागजमा पानी हाले र एक्काशी बाँकी मत पत्र च्याते । निर्वाचन पदाधिकारी, नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) विद्यार्थी विच भनाभन भयो । पदाधिकारीले मत च्यात्नु दुःखद् भएको भन्दै आक्रोश पोखिरहेका थिए । प्रहरीले राजेन्द्र बुढालाई नियन्त्रणमा लियो । केही बेर निर्वाचन स्थल तनावग्रस्त बन्यो ।

मतगणना स्थलमा तनावग्रस्त बन्नु पूर्व नेविसंघका शाहीको ४८० मत थियो । यस्तै उनका निकटम प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका उम्मेदवार बुढाको ४४० र अनेरास्ववियूका उम्मेदवार प्रभात पोखरेलको ३७८ मत थियो ।

मत पत्र र गणाना लेखिएको कागज नै च्यातियपछि करिव २ घण्टा मतगणना कार्य रोकियो । पुनः निर्वाचन समितिले अहिले मतगणना शुरु गरेको छ । यो समाचार तयार पर्दासम्म अध्यक्ष, कोषाध्यसहित ७ सदस्यमा नेविसंघको अग्रता छ । तर सचिवमा भने अनेरास्ववियूका भरत शाही ५०५ मतले अग्रता लिएका छन् ।
(लेखक पश्चिम नेपाल डटकमका सहसम्पादक हुन् ।)