☰ open Loading... 3 May 2024|  

हतियार देखाएर बलात्कार गर्ने पक्राउ
  | १४ भाद्र २०७३, मंगलवार १८:१५

हतियार देखाएर बलात्कार गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेको मुद्दाका फरार उनीहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।

dang p
दाङ विजौरी गाविस–९ का ३३ वर्षिय धन वहादुर पुनलाइ लमही वजारमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार साही कार्यमा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । हतियार लुकाएर राखेको अवस्थामा विजौरी– ९ का कमल वली र प्रेम वली छन् । पक्राउ परेको उनीहरु माथि थप अनुसन्धान जारी राखेको प्रमुख सिहले बताए ।

प्रहरीले घरको माथील्लो तलामा कपडाले वरेर हतियार लुकाइ छिपाइ राखेको १ थान कटुवाल पेस्तोल, १ राउण्ड गोली पनि बरामद गरेको छ ।प्रहरीले विजौरी–९ छिल्लीकोटबाट वम र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने डेटोनेटरसहित पक्राउ गरेको छ ।

सोही गाविसका ३३ वर्षीय ओमप्रकाश पुनलाई घरमा विस्फोटक पदार्थ लुकाइ छिपाइ राखेको गोप्य सुचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पुनले लुकाएको ४० थान विस्फोटक पदार्थ डेटोनेटर पनि बरामद गरेको छ । प्रहरीले वरामद गरेको डेटोनेटर तत्कालिन माओवादीले छोडेर गएकाले पुनले माछा मार्नलाइ राखेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।