☰ open Loading... 21 May 2024|  

तरुण दल नगर अध्यक्षमा गिरी निर्वाचित
  | १४ भाद्र २०७३, मंगलवार १९:२९

अध्यक्षमा निर्वाचित गिरी ।
अध्यक्षमा निर्वाचित गिरी ।

नेपाली काँग्रेस निकट तरुण दल वीरेन्द्रनगरको अध्यक्षमा यज्ञकुमार गिरी निर्वाचित भएका छन् । नेपाल तरुण दलको नगर अधिवशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिति मंगलबार चयन गरेको हो ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गिरीले २ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कुल ३० मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी यामनारायण आचार्यले २८ मत ल्याएर पराजित भए ।

यस्तै, उपाध्यक्षमा सुरेश पन्तले ३३ मत ल्याएर विजयी भ एभने उनका प्रतिद्धन्द्धी लोकबहादुर ठाडाले २५ मत ल्याएर पराजित भएका छन् ।

सचिवमा भने विवेकुमार पन्तले ३१ मत ल्याएर जितेका छन् ।

उनका प्रतिद्धन्द्धी सुदीप चपाईँले २८ मत ल्याएका थिए ।

तर कोषाध्यक्षमा डम्मरकुमारी आचार्य निर्वाचित भएकी छन् ।

उनले ३१ मत प्राप्त गरेकी छन भने, उनका प्रतिद्धन्द्धी चन्द्र मन्दीरले २८ मत ल्याएर पराजित भएका छन् । यस्तै, जिल्ला अभिवेशन प्रतिनीधि समेत छनौट गरिएको छ । महिला प्रतिनीधिमा सिताकुमारी बस्यालले ३० मत ल्याएर निर्वाचित भएकी छन् ।

उनका प्रतिद्धन्द्धी मनकुमारी मन्दिरले २८ मत ल्याएर पराजित भएकी छन् । समावेशीतर्फ दलितमा रमेश सोनामले ३१ र जनजातीमा कमल गुरुङले ३५ मत ल्याएर निर्वाचन भएका छन् ।

तर समावेशी दलितमा २८ मत ल्याएर टेकबहादुर चुनारा र जनजातीतर्फ गणेश गुरुङ २४ मत ल्याएर पराजित भएका छन् । तरुण दलको क्षेत्रीय अधिवेशन भोली (बुधबार) र जिल्ला अधिवेशन विहिबार हुने बताइएको छ ।