☰ open Loading... 18 September 2024|  

जसले २५ हजार नगद भेटाए….
  | १५ भाद्र २०७३, बुधबार ०९:४८

नागरिकतादेखि सवारीचालक परिचयपत्र, २५ हजार रुपयाँ नगदसहितको पर्स हराएपछि वीरेन्द्रनगर–६ का गणेश पन्त तनावमा थिए । ‘भेरी एफएमदेखि बजार जानेक्रममा मेरो महत्वपूर्ण कागजात र नगदसहितको पर्स हराएकाले खोजतलास गरिपाउँ’ भन्दै पन्तले तत्कालै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए ।

skt p

निवेदन दिएर प्रहरी कार्यालयबाट फर्कदै गर्दा अपरिचित नम्वरबाट फोन आयो । ‘तपाईको पर्स मैले भेटाएको छु, कहाँ पु¥याउन आउँ’ फोनमा कसैले भन्यो । पन्त खुशीले गद्गद् भए ।

‘नगद त त्यस्तै हो तर सवारीचालक अनुमतिपत्र, मोटरसाइकलको ब्लुबुक, एटिएम कार्ड, नागरिकतालगायतका महत्वपूर्ण कागजातसहितको पर्स हराएकाले तनावमा थिएँ’ उनले भने, ‘भेटाउने व्यक्तिले फोन गरेपछि खुशीको सिमा नै रहेन् ।’ उनले अपरिचित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा आउन आग्रह गरे ।

नभन्दै पाँच मिनेटमा ति व्यक्ति आइपुगे । दैलेख भैरीकालिकाथुम गाविसका २४ वर्षीय नरेश विकले पर्स भेटाएका रहेछन् । ‘रेडियो भेरी नजिकैको बाटोमा पर्स भेटाए, खोलेर हेर्दा २५ हजार नगद र कागजपत्र देखे’ उनले भने, ‘सवारीचालक अनुपतिपत्रमा भएको नम्वरमा फोन गरेर फेला पारेको पर्सको बारेमा जानकारी गराएँ ।’

भेटाएको पर्स विकले जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी बहादुरजंग मल्लको रोहवरमा पन्तलाई बुझाए । ‘अहिलेको जमानामा पनि यति धेरै इमान्दार मानिसहरु हुन्छन् भन्ने यो एक प्रमाण हो’ डिएसपी मल्लले भने, ‘यस्ता इमान्दार नागरिकहरुबाट अरुले पनि सिक्न जरुरी छ ।’ महत्वपूर्ण कागजात र पैसासहित पर्स बुझाउने विकलाई पन्तले पाँच हजार रुपियाँ पुरस्कार पनि प्रदान गरे ।