☰ open Loading... 4 November 2024|  

कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण
  | १५ भाद्र २०७३, बुधबार १०:५३

भदौ ९ गतेदेखि शुरु भएको सप्ताहब्यापी नवौं राष्ट्रिय पुस्तकालय दिवस आज सम्पन्न भएको छ । जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकको संयोजकत्वमा गठित समितिले जिल्लाका विभिन्न श्रोतकेन्द्र स्तरिय शैक्षिक कार्यक्रमहरु संचालन गरी सप्ताहब्यापी पुस्तकालय दिवस संचालन गरेको थियो ।

कैदीबन्दीहरुका लागि पुस्तक हस्तान्तरण गर्दै सल्यानका प्रजिअ ।
कैदीबन्दीहरुका लागि पुस्तक हस्तान्तरण गर्दै सल्यानका प्रजिअ ।

सप्ताहको अन्तिम दिन बुधवार प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले कारागार शाखा सल्यानमा बन्दी जीवन विताईरहेका कैदीहरुलाई जेलर विक्रम के.सी.को माध्यमबाट विभिन्न पुस्तकहरु हस्तान्तरण गरेका छन् ।

कुल २५ जना क्षमता रहेको कारागारमा हाल ८७ जना बन्दिहरु रहेको जेलर विक्रम केसीले जानकारी दिए । कारागार सल्यानमा १६ महिला, २ बालवालिका र ६९ पुरुष रहेको छ ।

५१ प्रकारका करिव २ सय थान पुस्तकहरु हस्तान्तरण गरिएको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ । पुस्तक हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले कैदीहरुमा सकारात्मक सोचको विकास हुने र अध्ययन गर्ने बानीको विकास हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा वोल्दै स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले अध्ययनले मानिसलाई शिर्जनशिल बनाउने र अध्ययन जीवनभर गरिरहनु पर्ने कुरा ब्यक्त गरे ।

कुल २५ जना क्षमता रहेको कारागारमा हाल ८७ जना बन्दिहरु रहेको जेलर विक्रम केसीले जानकारी दिए । कारागार सल्यानमा १६ महिला, २ बालवालिका र ६९ पुरुष रहेको छ ।

बन्दीहरुको संख्या बढ्दै जाँदा बन्दीहरुलाई राख्ने ठाउँको अभाव भएको बताए । उनले क्षमताभन्दा बढी कैदी हुँदा बन्दीहरुको दिनचर्यामा समेत बाधा पुगेको जेलर के.सी.ले जानकारी दिए ।