☰ open Loading... 30 May 2024|  

एकको रहस्यमय मृत्यु अर्का वेहोस
  | १५ भाद्र २०७३, बुधबार १७:०३

कोहलपुरस्थित होटल पप लाइफमा बुधवार एकजनाको रहस्यमय मृत्यु भएको छ । अर्काको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । कोहलपुर नगरपालिका ११ निवासी अन्दाजी ३० वर्षका विकास राईको रहस्यमय मृत्युभएको हो ।

मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका १३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका ११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर १८ का इश्वर थापा मंगलवार राती उक्त होटलमा बास बसेका थिए । उनीहरु होटलको २०३ र २०४ नम्वरको कोठा बुक गरेर बसेका थिए ।

२०४ नम्वर कोठामा बास बसेका राईको मृत्युभएको इप्रका कोहलपुरका प्रहरी प्रमुख सुरेसकुमार काफलेले जानकारी दिए ।
२०३ नम्वरको कोठा थापा र २०४ नम्वरको कोठा श्रेष्ठको नाममा बुक भएको छ । विहान ५ बजेतिर वेहोस अवस्थामा रहेका राई र श्रेष्ठलाई प्रशान्त र इश्वरले अस्पताल पु¥याएका थिए ।

ति मध्ये राईको मृत्यु भएको छ भने श्रेष्ठको उपचार चलिरहेको र अवस्था खतरामुक्त रहेको प्रहरी प्रमुख काफ्लेले वताए ।
राई र श्रेष्ठ एउटै कोठामा बसेका थिए वा फरक–फरक त्यो बारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु बसेका कोठामा मदिरा तथा ध्रुमपान गरेको पाइएको छ भने प्रहरीले प्रशान्त र इश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।