☰ open Loading... 21 September 2023|  

बालिका बलात्कार गर्ने बृद्धलाई १० वर्ष कैद
  |

दाङमा बालिका बलात्कार गर्ने एक बृद्धलाई १० वर्ष कैद सजाय सुनाइएको छ । आठ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका बाघमारे–६ स्थायी घर भई हाल तुलसीपुर–५ बस्ने ६४ वर्षीय कर्ण कामीलाई दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको हो ।

जिल्ला न्यायाधीस चुरामन खड्काको एकल इजलासले कामीलाई वलात्कार अभियोगमा दोषी ठहर गर्दै १० वर्ष जेल सजाय तोकेको श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।

घरमा कोही नभएको मौका छोपेर बालिकाकै घरमा गत असार १४ गते बलात्कार गरेको आरोपमा कामीलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरी नौ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका लक्ष्मीपुर–९ का १५ वर्षीय बालकलाई तीन महिना कैद सजाय जिल्ला अदालतले फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको इजलासले दोषी ठहर गर्दै पीडक पनि बालक भएकाले बाल विज्याइँ अन्तर्गत तोकिएको कैद अवधिभर प्रत्येक महिनाको अन्तिम शुक्रवार तहसिल शाखामा उपस्थित हुनेगरी अभिभावकको जिम्मा लगाएको छ ।

!-- .entry-content -->