☰ open Loading... 18 May 2024|  

विद्युत महसुल नबुझाउने २ सयबढीको लाइन काटियो
  | १८ भाद्र २०७३, शनिबार १३:१४

नेपाल विद्युत प्राधिकरण बैतडीले विद्युतको महसुल बुझाउन बाँकी ग्राहकको विद्युत लाइन काटेको छ । गत जेठदेखि आजको मितिसम्म विद्युत महसुल तिर्न बाँकी २ सय १९ ग्राहकको विद्युत लाइन काटेको नेपाल विद्युत प्राधिकरण शाखा बैतडीले जनाएको छ ।

उर्जा मन्त्री जनार्दन शर्माको निर्देशनपछि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बैतडीले यो महिनामा मात्र ७२ जना ग्राहकहरुको विद्युत लाइन काटेको छ ।

ग्राहकहरुले बक्यौता अर्थात तिर्न बाँकी रकम नतीरेकाले बिद्युतको लाइन काटेको बिद्युत प्राधिकरण बैतडीका लेखाप्रमुख उत्तम रेग्मीले बताए ।

बिद्युत महसुल नबुझाउनेमा सरकारी कार्यलय पनि रहेका छन् । महशुल नर्तिदा लाइन काटिएका ग्राहकहरुले तुरुन्त बक्यौता रकम बुझाएमा लाइन पुःन जोड्न सकिने रेग्मीले बताए ।  विद्युत प्राधिकरणले गत जेठदेखि अहिलेसम्म २५ लाख ३० हजार राजस्व संकलन भएको समेत जनाएको छ ।