☰ open Loading... 28 March 2024|  

एनजिओले भड्कायो तिज
  | १९ भाद्र २०७३, आईतवार २१:५६

हिन्दु दिदिबहिनीहरुले मनको बह पोख्ने दिनका रुपमा लिईएको तिजलाई दैलेखमा एक स्थानीय एनजिओले प्रतियोगिता गरेर महिलाहरुलाई विभाजित गरेको छ ।

तिजको दिन भब्य रुपमा काँडाचौरमा मनाईने तिजलाई एनजिओले आफु अनुकुल निश्चित विषयमा गित गाउने गरि कार्यक्रम गरिदा दिदिबहिनीले खल्लो महशुस गरेर फर्किएका हुन् ।

तिजका दिन दिदि बहिनीहरु मिलेर मनका बेदना पोख्ने र दिदिबहिनीसंग सुखी साट्दै नाच्ने दिनमा स्थानीय एभरेष्ट क्लव नामक संस्थाले गरेको कार्यक्रम परम्परा विपरित भएको सहभागी महिलाहरुले बताएका छन् ।

स्थानीय टुडीखेलमा भएको कार्यक्रममा निश्चित महिलाको टोलीले भाग लिए थिए । तर टुडीखेलकै छेउमै कार्यक्रमले महिलाहरुको भावना समेट्ने नसकेको भन्दै दिदिबहिनीहरु छमछमी नाचेर समाईलो गरिरहेका थिए ।

स्थानीय महिलाहरुका अनुसार काँडाचौरमा हुने परम्परागत तिज मेलालाई प्रभावित पार्ने गरि प्रतियोगितात्मक तिज गित कार्यक्रम राख्नु नकारात्कम कुरा भएको बताए ।

20160904_161000उनीहरुका अनुसार तिजभन्दा अघिपछि त्यस्ता कार्यक्रम भएपनि गितकै दिनमा एनजिओले गरेको कार्य समाजकै लागि नकारात्मक भएको बताउँछन् ।