☰ open Loading... 2 December 2024|  

रुप फेरीरहने रारा ( फोटोफिचर)
  | २० भाद्र २०७३, सोमबार ०९:००

1

मुगु जिल्लाको सिरानीमा अवस्थित नेपालकै सुन्दर एवं ठूलो ताल रारा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

2

यातायातको भरपर्दो व्यवस्था नभएका कारण विगतका वर्षहरुमा ओझेलमा परेको रारा अब मुगु सडक सञ्जालमा जोडिएसँगै अब विस्तारै हेर्न चाहनेका लागि सहज बनेको छ ।

3

रारासम्म पुग्न जो कोहीलाई पनि विगतकोजस्तो कष्ट ब्यहोर्नु अब साहेदै नपर्ला । किनकी लामो समयको प्रतिक्षापछि ताल्चा विमानस्थल कालोपत्रे भएको छ । यसले रारा पुग्ने पर्यटकलाई सहज तुल्याएको छ ।

4

यता नाग्म–गमगढी सडक पनि केही वर्षभित्रै पक्की हुने मुगुवासीको अपेक्षा छ । समुन्द्धी सतहदेखि २ हजार ९ सय ९० मिटरको उचाइमा रहेको रारामा लेकाली वनस्पति तथा जीवजन्तुहरु प्रशस्त पाइन्छन् ।

7
हिउँदमा तालको किनारा हिउँले सेताम्मे देखिन्छ । तर साउनदेखि असोजसम्म विभिन्न जातका रंगीचंगी लेकाली फूल र वनस्पतिले बुट्टेदार गलैंचा बिछ्याएजस्तो देख्न पाइन्छ ।

8

चैत्रको अन्तिम सातादेखि जेठको मध्यसम्म लालीगुराँस तथा चिमालोको रातो र सेतो फूलले रारा हेर्न जाने जो कोही पनि थकाइको प्रवाह नगरी मन्त्रमुग्ध हुन्छन् ।

9

कुल १०.८ वर्ग किलोमिटरमा फैलिएको राराले छिनछिनमा रंग बदलेको अनौठो दृश्य देख्न पाइन्छ । १६७ मिटर गहिरो यो तालमा लेकाली जातको असला माछा पाइन्छ ।

10

ताल किनाराको जंगलमा कालिज, डाँफे, ढुकुर लगायतका थुप्रै लेकाली चरा एवं पानी हाँसले राराको सुन्दरता झनै बढाएका छन् ।

11
यहाँ पाइने जंगली जन्तुहरुमा कस्तुरी मृग, रतुवा, झारल, बँदेल, मलसाप्रोदेखि वन्यजन्तु रेडपाण्डा समेत भेटिने गर्छ । रारालाई प्रकृतिको ऐनाभन्दा फरक नपर्ला ।

5

आकास र ताल वरिपरिको दृश्य एकैचोटि छर्लंग देख्न सकिन्छ । बिहानदेखि साँझसम्म राराले रुप फेरिरहने भएकाले जति हेरे हेरिरहु लाग्छ ।

6