☰ open Loading... 18 April 2024|  

दुई महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो
  | २० भाद्र २०७३, सोमबार १६:३७

बर्षाले अवरुद्ध भएको नाग्म–गमगढीको सडक खण्डमा सोमबारदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । लगातार परेको पानीले विगत दुई महिनादेखि यो सडकखण्ड अवरुद्ध भएको थियो ।

लगातारको बर्षाले सडकका विभिन्न भागमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छायाँनाथ यातायात प्रालि शाखा कार्यालय मुगुले जनाएको छ ।

फायल तस्वीर ।
फायल तस्वीर ।

असार ४ गतेदेखि नाग्म–गमगढी सडक पूर्ण रुपमा ठप्प रहेको थियो । सडक सुचारु भएपछि यातायातका साधनहरु मुगु सदरमुकाम गमगढी भित्रिएको काउन्टर ईन्चाज रबिन मल्लले जानकारी दिए ।

यातायातका साधन नचल्दा पैदल हिड्न यस क्षेत्रका नागरिकलाई राहत भएको छ । दैनिक उपभोग्य सामान तेल, चिनी लगायतको खाद्यन्न समेत ढुवानी नहुँदा मुगुबासीले चर्को मुल्यमा सामान खरिद गर्न बाध्य भएका थिए ।

मुगुमा वर्षमा तीन महिना मात्र यातायाताका साधन चल्ने गरेका छन् । तर वर्षातले खच्ची सडकमा पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । सडक सञ्चालनमा आएपनि मुगुबासीले सडकको ग्रेडिङ नमिलेको, साँघुरो घुम्तीहुँदा समेत निर्माणमा सरोकारवाला निकायले चसो नदेखाएको गुनासो गरेका छन् ।