☰ open Loading... 10 October 2024|  

सल्यानको तारुपारेमा भेटियो नयाँ गुफा
  | २१ भाद्र २०७३, मंगलवार १२:१८

सल्यानमा नयाँ गुफा फेला परेको छ । जिल्लाको मुलखोला गाबिस वडा न ६ तारुपारेको लेखमा गुफा फेला परेको हो । स्थानियले उक्त गुफालाई शीव गुफाको नाम राखेका छन् ।

‘तारुपारे लेखमा नयाँ गुफा फेला परेको छ ।’ मुलखोला ६ का स्थानिय शेर बहादुर पुनले भने – ‘साना बच्चाहरुले गुफा छ भनी रहन्थे,हामीले वास्ता गरेका थिएनौं तर पछि गाउँका सबै जम्मा भएर हेर्न जाँदा धेरै ठुलो रहेछ ।’

सल्यानको तारुपारेमा भेटिएको नयाँ गुफा । तस्वीर बुद्धिमान
सल्यानको तारुपारेमा भेटिएको नयाँ गुफा । तस्वीर बुद्धिमान

गुफा जमिनबाट १० मिटर गहिरो छ । गुफा १० देखि १२ मिटर लम्बाई भएको स्थानिय ठगेन्द्र पुनले जानकारी दिए । उनका अनुसार गुफाको चौडाई १ देखि ३ मिटरसम्म छ । त्यस्तै गुफाको उचाई २ देखि ७ मिटरसम्म छ ।

गुफा भित्र शीव लिङ्ग, गणेशको मुर्ति, ढुंगाको मादल लगायतका कलात्मक चित्रहरु रहेका छन् । गुफालाई प्रचारप्रसार गर्न सके धार्मिक तथा पर्यटकिय क्षेत्र बन्न सक्ने स्थानीयको भनाई छ । नयाँ भेटिएको गुफा जिल्लाकै दोस्रो ठूलो गुफा भएको स्थानियहरुको दाबी छ ।