☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु ४ घाइते

  |

बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भने एक जनाको मृत्यु भएको छ ।

बर्दिया जिल्ला गोला गाविस ९ बाट तारातालतर्फ आउदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल बुधबार बिहान मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकलमा सवार ४ जना घाइते भएका हुन् ।

घाइते मध्य गोला ९ घर भएका वर्ष ३५ को तपेन्द्र ऐडिको उपचारको लागि जिल्ला अस्पताल गुलरिया बर्दियामा ल्याउदै गर्दा बाटो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका ३ जना मध्य २ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइते भएका गोला गाविस ९ का वर्ष २८ को मंगल थारु र वर्ष २८ कै राजकुमार थारुको जिल्ला अस्पताल गुलरिया बर्दियामा उपचार पछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

दुर्घटनामा परी सामान्य घाइते भएका गोला ९ का खड्क प्रसाद अधिकारी उपचार पछि घर फर्केको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, भदौ २२, २०७३     5:13:27 PM
error: Content is protected !!