☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

ऋणले बनायो उद्यमी

  |

राकमकी बविता परियारलाई नौ जनाको परिवारको विहान–बेलुकाको छाक पु¥याउन धौ–धौं हुन्थ्यो । श्रीमान सुरेन्द्रले साहुको दैलोमा गएर सिलाएको कपडाबाट आएको ज्यालाले छाक पुग्ने कुरै भएन् । बविता पनि साहुकोमा मजदूरी गर्थिन् । दुई जनाले ज्याला मजदूरी गर्दा पनि कति दिन त बविता र सुरेन्द्र भोकै सुत्नुपर्ने अवस्था आउँथ्यो ।

udhhami
राकमकी बविता परियार आफूले सञ्चालन गरेको जीवीएस मोर्डन टेलर्समा कपडा सिलाउँदै ।

अहिले अवस्था फेरिएको छ । अर्काकोमा ज्याला मजदूरी गर्ने बविता र सुरेन्द्र अहिले अरुलाई रोजगारी दिने भएका छन् । पाँच वर्षअघि २० हजार रुपियाँ ऋण लिएर जीवीएस मोर्डन टेलर्स सञ्चालनमा ल्याएकी बविताले छ जनालाई प्रत्यक्ष रोजगारी दिएकी छन् ।

बविता र सुरेन्द्रको हातमा सिप थियो । त्यसलाई प्रयोग गर्नका लागि उनीहरुसँग पैसा थिएन् । सहकारी र साहुकामा गए धितो माग्थे । धितो राख्नका लागि उनीहरुसँग एक टुक्रा जमिन थिएन् ।

पाँच वर्षअघि गाउँमा लागू भएको लघुवित्त कार्यक्रमले विनाधितो ऋण दिने थाहा पाएपछि उनले पनि निवेदन दिइन् । लघुवित्तले विनाधितो २० हजार रुपियाँ ऋण दियो । त्यहीँ ऋणबाट उनले एउटा कपडा सिलाउने मेसिन किनिन् ।

२० हजारबाट सुरु भएको उनको व्यवसाय अहिले २० लाखमा पुगेको छ । ‘ऋण लगेपछि तिर्नुपर्छ भन्ने भावनाको विकास हुँदो रहेछ’ उनले भनिन्, ‘त्यसैले रातदिन मेहनत ग¥यौं र यो अवस्थामा आइपुग्यौ ।’

बविता र सुरेन्द्रका अलवा टेलर्समा छ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘स्टाफ र घर खर्च कटाएर महिनामा ३०–३५ हजार रुपियाँको बचत हुन्छ’ बविताले सुनाइन्, ‘एउटा मेसिनबाट सुरु गरेका थियौं, अहिले आठ वटा छन्, घरघडेरी पनि जोडेका छौं ।’

दुई छोराछोरीलाई बोर्डिङमा बढाएकी छन् । सल्यान, सल्लीबजारकी निर्मला कठायत दुई वर्ष अघिसम्म ठेलामा राखेर तरकारी विक्री गर्थिन् । गाउँमा गएर दुई–तीन हजार रुपियाँको तरकारी खरिद गरेर ल्याउने र दिनभरी ठेला गुडाएर विक्री गर्दै आएकी निर्मला अहिले थोक विक्रेता भएकी छन् ।

वातावरण सुधार समाज सुर्खेतले सुरु गरेको लघुवित्त कार्यक्रममार्फत दुई लाख रुपियाँ ऋण लिएर सुरु तरकारी संकलन केन्द्र सुरु गरेकी उनले अहिले दिनमै लाखौंको कारोवार गर्छिन् । भेरी करिडोर अन्र्तगत जाजरकोटको मटेलादेखि सुर्खेतसम्मका तरकारी उनको संकलन केन्द्रमा आउँछ ।

‘गाउँगाउँबाट कृषकहरुले उत्पादन गरेका तरकारी संकलन गरेर सुर्खेत, नेपालगञ्जलगायतका जिल्लाहरुमा पठाउने गरेकी छु’ उनले भनिन्, ‘यसले आफूलाई मात्रै फाइदा भएको छैन्, गाउँका कृषकहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् ।’

लघुवित्त कार्यक्रमले विनाधितो ऋण दिन थालेपछि बविता र निर्मलाजस्तै सयौं महिलाहरु स्वरोजगार बनेका छन् । सल्लीबजारकी हरिकला सापकोटाको पनि केही वर्षअघिसम्म गुजारा चलाउने माध्यम ठेला थियो ।

अहिले उनले घुम्ती पसल सुरु गरेकी छन् । लघुवित्तको एक लाख २० हजार रुपियाँ ऋण लिएर ठेलाबाट घुम्तीमा सरेकी उनी अहिले मासिक १० देखि १२ हजारसम्म बचत गर्न सक्ने भएकी छन् ।

‘दुई छोरालाई बोर्डिङ स्कूलमा पढाएकी छु, सबै ऋण पनि तिरेर सके’ उनले भनिन्, ‘अव घुम्तीबाट घरमा सर्ने तयारीमा छु ।’ गाउँमा लघुवित्त कार्यक्रम सुरु भएपछि सानोतिनो व्यवसाय गर्नका लागि साहुकोमा धाउनुपर्ने र चर्को ब्याजमा ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । लघुवित्त कार्यक्रमले महिलाका लागि मात्रै व्यवसाय गर्न ऋण दिने गरेको छ ।

‘महिलालाई आत्मनिर्भर बनाउँदै उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम सुरु भएको हो’ वातावरण सुधार संस्थाका लघुवित्त कार्यक्रमका प्रवन्धक श्यामलाल न्यौपानेले भने, ‘हामीले विधा धितो ऋण दिन्छौं, उहाँहरुले व्यवसाय गरेर तिर्नुहुन्छ ।’

सुर्खेतसहित दैलेख, जाजरकोट र सल्यानमा लागू भएको यो कार्यक्रममा २३ हजार पाँच सय महिलाहरु सदस्य छन् । ति मध्ये १५ हजार एक सयले ऋण लिएका छन् ।

‘चार वटै जिल्लामा गरेर ५० करोड ६५ लाख रुपियाँ ऋण लगानी गरेका छौं’ न्यौपानेले भने, ‘ऋणले महिलाहरुलाई व्यवसायी बन्न सिकाउनुका साथै आर्थिक अवस्थामा पनि उल्लेख्य सुधार आएको छ ।’ सहकारीले समूहमा आवद्ध भएका महिलाहरुका आफन्तले बैदेशिक रोजगारीबाट पठाएको पैसा पनि घरैसम्म पु¥याउने गरेको छ ।

स्रोत हाम्रो अखवार दैनिक

प्रकाशित मितिः बिहिबार, भदौ २३, २०७३     10:37:47 AM
error: Content is protected !!