☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

मापसे गर्ने चालक विरुद्ध ‘क्लिन अप्रेशन’ शुरु

  |

सवारी दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन पनि हो । अधिकाँश हुने सवारी दुर्घटनामा चालकको लापरवाहीमा मादक पदार्थ सेवनले दुर्घटनाको जोखिम निम्तिने गरेको ट्राफिक प्रहरी बताउँदै आएको छ ।

तर जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मादक पदार्थ सेवन गर्ने चालक विरुद्ध ‘क्लिन अप्रेशन शुरु गरेको छ । रातको समयमा अधिकाँशले मादक पदार्थ सेवन गरेर सवारी हाक्ने प्रवृति बढ्न थालेपछि यस्तो अप्रेशन शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हर्क रावलको भनाई छ ।

‘यो हाम्रोन नियमित चेकजाँच नै हो ।’ प्रमुख रावलले भने,–‘दुई ठुला चाड नजिकीदै गर्दा मापसे गर्ने चालक विरुद्ध हामी कडा रुपमा चेकिङ्ग थालेका हौं ।’ चाडपर्वको समयमा सुर्खेतमा बढी सवारी साधन अत्यधिक मादक पदार्थ सेवन गरेकै कारण दुर्घटनामा पर्ने गरेको छन् ।

जिल्लाका बड्डीचौर, गढी, सुव्वाकुना, छिन्चु, राकम, साहरे लगायतका स्थानमा पनि मापसे गर्ने चालकलाई ठाउँको ठाउँ कारवाही गर्न र सार्वजनिक मुद्दा चलाउनसम्म निर्देशन दिएको प्रमुख रावल बताउँछन् ।

मापसे गरेर सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक मुद्दा दर्ता गराउन शुरु गरिसकेको छ । भे १ स ९११ नम्वरको अटो रिक्साका चालक २७ वर्षीय हरिबहादुर विसीलाई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा चलाइएको छ ।

प्रहरीका अनुसार विसीसँग सवारीसाधन चलाउनका लागि आवश्यक पर्ने (सवारी चालक अनुमतिपत्र) लाइसेन्स नै थिएन् । उनले चलाएको ई–रिक्सा मंगलबार बेलुका वीरेन्द्रनगर–१६ मसुरीखेतमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चार जना घाइते भएका थिए ।

‘अनुसन्धान गर्दै जाँदा उनीसँग लाइसेन्स पनि थिएन्, मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइयो’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रावलले भने, ‘बिहीबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता ग¥यौ ।’

ट्राफिक प्रहरीले चालू आर्थिक वर्षमा सार्वजनिक मुद्दा चलाएका विसी पहिलो चालक हुन् । अघिल्लो आर्थिक वर्षमा पनि ट्राफिक प्रहरीले एक जनालाई सार्वजनिक मुद्दा चलाएको थियो ।

ट्राफिक प्रहरी प्रमुख रावलले मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाएको पाइएमा जुनसुकै चालकलाई पनि सार्वजनिक मुद्दा अन्र्तगत कारवाही प्रक्रिया अघि बढाइने बताए ।

सार्वजनिक सवारीमा धेरैले यात्रा गर्छन् गर्ने गरेको बताउँदै यात्रुको सुरक्षाका लागि पनि हामीले मापसे गरेको पाइएमा मुद्दा चलाउने निर्णय गरेको र मादक पदार्थ सेवन गरेर सवारी चलाउनु हुन्न भन्ने सन्देश दिन ‘क्लिन अप्रेशन’ शुरु गरेको उल्लेख गरे ।

प्रकाशित मितिः शुक्रबार, भदौ २४, २०७३     10:02:44 AM
error: Content is protected !!