☰ open Loading... 14 November 2019|   बिहिबार, कार्तिक २८, २०७६

आगलागीमा परि घाईते भएका खत्रीको मृत्यु

  |

गत १९ गते जाजरकोट भेरीमालिका नगरपालिका ४ शान्तिचौतारामा भएको आगलागीमा परि घाईते भएका कार्कीगाँउ ७ का ४५ बर्षिय मानसिह खत्रीको उपचारको क्रममा गएराती काठमाडौंमा मृत्यु भएको छ ।

jktp
काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार गराईरहेका खत्रीको मृत्यु भएको छोरा हेमन्त खत्रीले जानकारी दिए । आगलागीमा परि खत्रीकी छोरी संगिताको घटनास्थलमै मृत्यु भएको थियो ।

घाईते अन्य तीन जनाको किर्तिपुरमा उपचार भैरहेको छ । स्थानिय लोकेन्द्र शाहीको घरमा रहेको पेट्रोल डिलरमा होटलबाट आगलागी हुँदा उक्त घटना भएको थियो ।

घाईतेको जाजरकोट र नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो । खत्री सदरमुकामको शान्तिचौतारामा होटल ब्यवसाय गदै आएका थिए ।

प्रकाशित मितिः शुक्रबार, भदौ २४, २०७३     10:10:12 AM
error: Content is protected !!