☰ open Loading... 19 April 2024|  

बाढीपीडीतको सहयोगार्थ जिस्मको च्यारीटी शो हुने
  | २४ भाद्र २०७३, शुक्रबार १५:२१

सुर्खेतका बाढीपीडीतको सहयोगार्थ चलचित्र जिस्मको च्यारीटी सो हुने भएको छ । आगामी असोज १ गते शनिबार वीरेन्द्रनगरको लक्ष्मी चलचित्र मन्दीरमा च्यारीटी सो हुने आयोजक पक्षले जानकारी दिएको हो ।

राजु गीरी प्रोडक्सनले तयार पारेको उक्त चलचित्रमा अर्चना पनेरु र सुर्खेतकै नायक सुरेन्द्र बुढाले मुख्य अभिनयमा भूमिका निर्वाह गरेका छन् । च्यारीटी सोबाट संङकलन भएको रकमको केही प्रतिशत सुर्खेतका बाढीपीडीतलाइ बितरण गरिने चलचित्र नायक सुरेन्द्र बुढाले जानकारी दिए ।

Jism Poster

यसअघि विभिन्न प्रस्तुतीबाट चर्चामा आएकी नायिका अर्चना पनेरु र नवनायक सुरेन्द्र बुढाद्धारा अभिनय चलचित्र जिस्म असार ३१ गते रिलीज भएको हो । तर सुर्खेतमा भने पहिलो पटक प्रदर्शन हुन लागेको छ । च्यारीटी शो को प्रमोशनको लागि चलचीत्र जिस्मको निर्माता टीम र कलाकारहरु सुर्खेत आइ पुगेका छन् ।