☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

प्रहरीद्धारा गाँजा खेती नष्ट

  |

प्रहरीले जाजरकोटमा गाँजा खेती नष्ट गरेको छ । जिल्लाको भेरीमालिका नगरपालिका ५ भेरे र भेरीमालिका २ तिमिलेमा प्रहरीले अबैध गाँजा खेती नष्ट गरेको हो । झाँक्रीकोटमा लगाईएको अवैध अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

gajha
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक महेशप्रसाद पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले भेरेमा लक्ष्मण बुढा सहित १५ जनाको १० रोपणी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय पाँचकाटियाबाट प्रहरी सहायक निरीक्षक विष्णप्रसाद झाँक्रीको नेतृत्वमा गएको टोलीले तिमिलेमा विर्षबहादुर वली सहित १४ जनाको सात रोपनी जग्गामा लगाईएको अवैध गाँजा नष्ट गरेको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

गाँजाबाट चरेस बनाएर अवैध रुपमा विक्रि वितरण हुने भएकोले गाँजा नष्ट गएको प्रहरी निरीक्षक भट्टले बताए । उनले यस अघि जिल्लामा अफिम समेत नष्ट गरिएको जानकारी गराए ।

प्रकाशित मितिः शुक्रबार, भदौ २४, २०७३     5:37:23 PM
error: Content is protected !!