☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

न्याय सेवामा राम्रो काम गर्छु ः प्रधानन्यायधीस

  |

प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताएकी छन् । नेपाल बार एसोसिएसन, महिला समितिले शुक्रबार आयोजना गरेको कानुन व्यवसायी महिलाको २५ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आफू पदमा रहुन्जेलसम्म राम्रो काम गर्ने प्रयास गर्ने बताइन् ।

प्रधानन्यायाधीश काकीले भनिन् – “काम गर्दा नेपालमा जस पाइँदैन, आर्यघाटमा पुगेपछि मात्र जस पाइन्छ, आलोचना गरुन्, मलाई वास्ता छैन तर म सधैँ राम्रो काम गर्ने प्रयास गर्छु ।”

ktm p

उनले कानुन व्यवसायी महिलाले आफ्नो क्षमता अभिवृद्धि गरी न्यायाधीश बन्न लायक हुनुपर्नेमा जोड दिँदै भनिन्– “तपाईंहरु सक्षम हुनुपर्छ, सङ्घर्षशील हुनुपर्छ, न्यायाधीशमा महिला भर्ती गर्न म तयार छु, न्याय परिषद्ले महिलालाई भर्ती गर्छ ।”

प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसायी महिलाले दूरदराजमा रहेका महिलालाई न्याय हुनेखालको काम गर्नुपर्नेमा जोड दिँदै राम्रो काम गर्नका लागि न्यायालयले सदा सहयोग गर्ने बताइन् ।

न्यायाधीश सपना मल्ल प्रधानले न्याय क्षेत्रमा गुणात्मक वृद्धि हुँदै गएको र अझ आर्थिक तथा व्यावसायिक क्षेत्रमा कानुन व्यवसायी महिला अब्बल हुनुपर्ने आवश्यकता औंल्यायीन् ।

न्यायाधीश मीरा खड्काले न्याय क्षेत्रमा कानुन व्यवसायी महिलाको राम्रो सम्भावना रहेको र त्यसका लागि कडा मेहनत गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले बारमा कानुन व्यवसायी महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धि गर्न प्रयास भइरहेको बताए ।

नागरिकन्युज

प्रकाशित मितिः शुक्रबार, भदौ २४, २०७३     5:45:46 PM
error: Content is protected !!