☰ open Loading... 19 April 2024|  

जिएमआरसंगको सम्झौता खारेजीको माग
  | २४ भाद्र २०७३, शुक्रबार १७:२०

नेकपा क्रान्तिकारी माओवादीका केन्द्र्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज धर्मराज पण्डितले माथिल्लो कर्णाली जलबिद्युत परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छन् । शुक्रबार रोल्पामा पत्रकारहरुसंगका भेटमा पण्डीतले जनतालाई शेयर नदिने सम्झौताको औचित्य सकिएकाले खारेजको माग गरे ।

जनताको सेयरबाट मात्र आयोजना सफल हुने दावी गरेका पण्डीतले सत्तामा बसेका राष्ट्रिय आत्मसम्र्पणवादीहरुले भारतaसंगको कोशी गण्डकी र महाकालीसहितका असमान सन्धी सम्झौता आफ्नो पार्टिले सधै विरोध गर्ने बताए ।

सत्तामा नजाँदा सम्म राष्ट्रियताका कुरा गर्ने र सत्तामा गएपछि जनता बिर्सने संस्कार अहिलेका प्रमुख पार्टीहरुमा रहेकाले जनताको माग कहिल्यै पूरा गर्न नसक्ने उनले जिकिर गरे ।