☰ open Loading... 7 September 2024|  

५ पाथी चामलमा विमति
  | २५ भाद्र २०७३, शनिबार १३:४४

भण्डारी नरेश
भण्डारी नरेश

बिहीवार सम्मानित संसदमा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोदन गर्दै गर्दा आम कर्णालीबासीको अपमान हुने गरी घोषणा गर्नु भो जन्मदा र मुत्यु हुदा २० केजी चामल सितैमा राज्यले दिन्छ । प्रधानमन्त्रीले बिर्सनु भएछ अब नेपालमा नुन चामलको राजनिति सिद्धियो । खान लगाउन र बाच्न पाउने कुनै पनी

नागरिकको नैसर्गिक अधिकार हो ।

२०६४ सालको पहिलो संंबिधान सभा निर्वाचनमा कर्णाली पुरैले प्रधानमन्त्री ज्यु को पार्टी माओबादीलाई मतदान गरेको थियो । त्यहाँका अधिकांश जनता आज पनी प्रधानमन्त्री ज्युलाई निकै बिश्वास गर्दछन ।

प्रधानमन्त्री प्रचण्ड ज्यु कै नेतृत्वमा सञ्चालन भएको दस बर्षे जनयुद्धमा कर्णालीका धेरै योद्धाहरुले ज्यान गुमाए कति आजसम्म अङ्गभङ्ग र बेपता छन । यो देशमा आज जे जति परिर्वतन भयो यसमा कर्णालीका नागरिकहरुको पनी रगत र पसिना मिसिएको छ ।

गणतन्त्र नेपालको प्रधानमन्त्रीले कर्णालीमा जन्मिदा र मुत्यु हुदा २० केजी चामल दिने घोषणले सहिद परिवार अपाङ्ग घाईते र आम कर्णाली बासीको आत्म सम्मानमा निकै ठुलो चोट पुगेको छ । कर्णालीका शुभ चिन्तकहरुको मन रोएको छ ।

२०६४ सालको पहिलो संंबिधान सभा निर्वाचनमा कर्णाली पुरैले प्रधानमन्त्री ज्यु को पार्टी माओबादीलाई मतदान गरेको थियो । त्यहाँका अधिकांश जनता आज पनी प्रधानमन्त्री ज्युलाई निकै बिश्वास गर्दछन ।

बिश्वास गरेको प्रधानमन्त्रीले चामलको राजनिति गर्दा मन निकै दुख्दो रहेछ । नपत्याए सामाजिक सञ्जालमा हेर्न लगाउनु होला तपाईलाई फुर्सद छैन भने कसैलाई ।

दस बर्षे जनयुद्धमा चामलकै लागी कर्णालीका योद्धाहरुले ज्यानको आहुति दिन तयार र पहिलो संबिधान सभाको निर्वाचनमा प्रधानमन्त्री ज्युको पार्टी माओबादीलाई मतदान गरेका हुन भन्ने लाग्छ भने यो तपाईको पहिलो र ठुलो भ्रम हो ।

चामलको राजनिति त हिजो राणा र पञ्चेहरुले गर्ने गरेका थिए कर्णाली माथि तर आज गर्णतन्त्र नेपालका प्रधानमन्त्रीले पनी चामलकै राजनिति गर्न अलि सुहाउदैन कि । कर्णाली अब हिजोको कर्णाली होइन नयाँ भएको छ हिजो सिंहदवारले केहि पनी नदिदा बाचेकै थियो कर्णाली स्वाभिमानले ।

कर्णालीमा पनी जमिनदार छन थोरै भए पनी हुने खाने छन र गरिब पनी छन तर आत्मसम्मानका साथ बाचेका छन आज सम्म । गरिब कहाँ हुदैन र प्रधानमन्त्री ज्यु तपाईको सरकारी निवास बालुवाटार बाहिर तिर पनी गरिब पक्कै होलान गरिबको छुट्टै आफ्नै आत्मसम्मान हुन्छ उनीहरुको मन दुखाउनु पनी ठुलो अपराध हो ।

प्रधानमन्त्री ज्यु ले बिर्सनु भएछ क्यारे संसारकै अग्लो ठाउँमा धान फल्ने जिल्ला जुम्ला हो कुनै बेला सिंहदरवारका मालिकहरुले कर्णालीकै चामलको भात खान्थे रे । आज कताकता सामाचार पढ्छु कर्णालीबाट हजुरलाई कालिमार्सी धानको २० केजी चामल सिडियो मार्फत उपहार आयो रे यदि प्रधानमन्त्री ज्यू लाई चामलको आबश्यकता हो भने धेरै पनी ब्यबस्था गर्ने सकिन्छ ।

धन्यबाद दिनै पर्छ प्रधानमन्त्री प्रचण्ड ज्युलाई जन्म र मुत्युमा २० केजी चामल दिने निर्णय गरिदिएकोमा । तर हामीलाई तपाईले अपमान गरेर दिएको चामल चाहिदैन हजुरलाई जहाँजहाँ दिन मन लाग्छ दिनु होला । तर अपमान गर्ने पनी हद हुन्छ यो अपमानको कुनै दिन ठुलै मुल्य चुकाउनु पल्ला ख्याल गर्दा राम्रो होला ।

कर्णालीमा खाने कुराको समस्या होइन सिंहदवारमा बसेर हेर्नेहरुको र एन.जी.ओ.हरुको समस्या हो । समस्या त कर्णालीमा अरु नै छन । कर्णालीले कहिले पनी राज्यसँग चामल मागेका थिएन मागेको हो त बिकास तर दिनु भयो आत्मसम्मानमा चोट पुग्ने गरि जन्मदा र मृत्यु हुदा २० किलो चामल । संसारलाई सुन्ने गरि कर्णालीलाई मगन्ते जस्तो गर्नु भो ।

कर्णालीबासी धेरै बर्ष हराएको आयु माग्छन तपाई जन्मनासाथ पोषण हिन चामल दिएर छिटो मर र फेरी २० किलो चामल लैजाउ भन्नु हुन्छ यो कहाँको न्याय हो । कर्णालीबासी स्वास्थ्य उपचार नपाएर मर्छन तपाई डाक्टर र औषधी होइन बिदेशीले दिएको कुहिएको चामल दिने घोषण गर्नु हुन्छ । कर्णालीबासी जलबिधुत आयोजना माग्छन तपाई फेरी चामलमै आउनु हुन्छ किन प्रधानमन्त्री ज्यु प्रश्न गर्न मन लाग्यो ।

तर पनी धन्यबाद दिनै पर्छ प्रधानमन्त्री प्रचण्ड ज्युलाई जन्म र मुत्युमा २० केजी चामल दिने निर्णय गरिदिएकोमा । तर हामीलाई तपाईले अपमान गरेर दिएको चामल चाहिदैन हजुरलाई जहाँजहाँ दिन मन लाग्छ दिनु होला । तर अपमान गर्ने पनी हद हुन्छ यो अपमानको कुनै दिन ठुलै मुल्य चुकाउनु पल्ला ख्याल गर्दा राम्रो होला ।

यदि कर्णालीलाई केहि गरि दिने तपाईको पबित्र चाहना हो भने देशकै गौरव रारा र फोसोण्डोले प्रधानमन्त्री ज्युलाई टुलुटुलु हेरिरहेका छन एउटा सानो बिकास समिति बनाउदा राज्यको के जादो हो प्रधानमन्त्री ज्यु । कर्णाली राजमार्गमा दिनै जसो दुर्घटना हुन्छन त्यसको स्तर उन्नति र डोल्पा हुम्लामा सडक मेरै पालामा बनाउछु भनिदिएको भए कति खुसी हुदा हुन कर्णालीबासी ।

जुम्लाको स्याउ उत्पादनमा बृद्धि एक घर एक स्याउ फर्म बनाउने योजना बृद्धि गरिदिन्छु भनेको भए र कालिकोटको पचाल झरना जाने गोरेटो बाटो बनाउन केही रकमको ब्यबस्थापन गरेको छु भनिदिएको भए के बिग्रदो हो । नेपाली भाषा भुषभुषाको जन्मथलो जुम्ला सिँजा पुगेर भाषण गर्दा हजुरले धेरै खालका आश्वासन दिनु भएको थियो सिँजामा सग्रालय बनाउनु पर्छ तर प्रधानमन्त्री हुदा जावो चामल ।

अब चामल चाहिदैन कर्णालीलाई सडक भए कोदो जौ बेचेर चामल किनौला हाम्रो औषत आयु ३६ बर्ष छ कर्णालीलाई स्वास्थ हुनु छ अस्पताल र डाक्टरहरु चाहिएका थिए । कर्णालीको साक्षरता प्रतिशत न्युन छ हामीलाई शिक्षा चाहिएको छ प्रधानमन्त्री ज्यु ।

दिने इच्छा नै भो भने नेपाली भाषा भेषभुषाको जन्मथलो जुम्लाको सिँजामा खस बिश्वबिध्यालय बनाई दिने घोषणा गरिदिनु होस । कर्णाली लाई जन्म र मुत्यु हुदा २० किलो चामल होइन कालिमार्सी धान उत्पादन बृद्धि गराउने योजना दिए राम्रो हुने थियो ।


जिल्ला अस्पतालहरुको स्तर उन्नति भए पुग्छ समयमै पाठ्य पुस्तक पुराउने ब्यबस्था गरि दिए हुन्छ प्रधानमन्त्री ज्यु तर अपमानित तरिकाले चामल माथि राजनिति गर्ने घोषणामा हाम्रो ठुलो आपति छ ।

कर्णाली निकै लामो आन्तरिक नाका बन्दीमा थियो र छ । नेपालकै सबै भन्दा बढि मुल्य तिरेर दैनिक उपभोग्य बस्तुहरु प्रयोग गर्दै आएको छ । नेपाल भित्र पनी कुनै बिदेश यात्रा जस्तो निकै महङ्गो प्लेन यात्रा गर्ने तागत छ कर्णालीसँग जाबो चामल दिए र ठुलो काम गरे भन्ने लागेको हो भने यो तपाईको दोस्रो भ्रम हुने छ ।

कर्णालीका जनता हजारौ बर्ष देखि अध्यारोमा छन । कर्णाली नदीमा बिजुली बग्न थालेको निकै समय भएको छ त्यता तिर गणतन्त्रका हिमाइति संघियताका पक्षधर प्रधानमन्त्री प्रचण्डको ध्यान गएको भए राम्रो हुने थियो । यो पंतिकार पनी प्रधानमन्त्रीको शुभचिन्तक हो र प्रधानमन्त्रीलाई सफल बनाउनु पर्छ भन्ने मान्यता राख्छ ।

हामी हाम्रो उत्पादन कोदो जौ गौ फापर चिनो आलु भटमास खान तयार छौ , कर्णालीबासीलाई तपाईले दिएको को कुहिएको चामल चाहिदैन । तपाई नै लैजानु होस तर गमगडि नाक्चेलाग्ना सडक आयोजना चाहिएको छ ।

जिल्ला अस्पतालहरुको स्तर उन्नति भए पुग्छ समयमै पाठ्य पुस्तक पुराउने ब्यबस्था गरि दिए हुन्छ प्रधानमन्त्री ज्यु तर अपमानित तरिकाले चामल माथि राजनिति गर्ने घोषणामा हाम्रो ठुलो आपति छ ।

(लेखक प्रतिबद्धता राष्टिय मासिकका प्रकाशक सम्पादक हुन)