☰ open Loading... 20 April 2024|  

प्रहरीले गोली हान्दा एक गुण्डा घाईते पाँच पक्राउ
  | २५ भाद्र २०७३, शनिबार १४:३३

दाङमा प्रहरीको गोली लागी एकजना गुण्डा घाईते भएका छन् । प्रहरीको गोली लागेर रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाईते भएको दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गए राति साढे १२ बजे तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला नजिकै पाँचजनाको संख्यामा रहेका गुण्डाहरुको समुहले गस्तिमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरेका थिए ।

जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको थियो । घटनास्थलवाट दुईथान खुकुरी र प्रहरीलाई आक्रमण गर्ने थप पाँच जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ पर्ने अन्य पाँच जनामा दाङको रामपुर–९ का २१ वर्षीय रमेश अधिकारी, सोही ठाँउका १९ वर्षीय उपेन्द्र गिरी, २२ वर्षीय किरण पोख्रेल र तुलसीपुर नगरपालिका–१५ का सागर श्रेष्ठ रहेको एसपी सिंहले जानकारी दिए ।

सागर कटेज सञ्चालक हुन् । प्रहरीले थप एक जनालाई आज विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ विजौरीका ३५ वर्षीय मुकुन्द पौडेल छन् ।

उनी घटनाहुँदा होटेलमा वसेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएकोले उनको सम्लग्नता भएन भएको भन्न नसकिने प्रहरीले बताएको छ । एसपी सिंहले गोली लागेर घाईते भएका बुढा यस अघि विभिन्न व्यापारीलाई फोनमा धम्कि दिने र रकम असुल्ने व्यक्ति भएको खुल्न आएको जानकारी दिए ।

उनले ग्वारखोलामा हुँदै आएको अबैद्य वालुवा गिट्टी उत्खननमा सघाउन आएका युवाहरु हुन कि भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी पनि दिए ।

तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले  प्रतिरक्षाको लागि गोली चलाउनु परेको बताए । डिएसी प्रसाँईले प्रहरी यति राति आउँछ तिमिहरु नक्कली हौ भन्दै प्रहरीको पेस्तोल खोस्न थालेपछि र आक्रमण गरेपछि सुरक्षाको लागि घुँडामुनी गोलि हानिएको जानकारी दिए ।